ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

शान्ति समाज रूपन्देहीद्वारा बुटवलमा प्रदर्शन

२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

बुटवल, २५ असार      ‘मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसा तथा छुवाछूत मानवता विरुद्धको अपराध हो’ भन्ने मुलनाराका साथ स्थापित भएको मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । समाजले दलित समुदायमाथि भईरहेको उत्पीडन र अत्याचारका विरुद्ध इलाका प्रशासन कार्यालय बुटवल अगाडि प्लेकार्डसहित प्रर्दशन गरेको हो । ‘बदलित अधिकार मानवअधिकार, जातीय विभेदका घटनामा दोशीलाई कारवाही गर, दण्डहिनताको अन्त्य गर, दलित समुदायमा भईरहेको अत्याचार तुरुन्त बन्द गर’ भन्ने जस्ता नारा लेखिएको प्लेकार्डसहित सचेतना तथा प्रदर्शन गरेको हो ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति तथा सल्लाहकार गोविन्द खनालले बोल्दै नेपालमा दलित अधिकार मानवअधिकार भन्ने एजेण्डालाई स्थापित गर्न शान्ति समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । २०६८ मा जातीय छुवाछुत विरुद्धको ऐन बनाएर राज्यले कानूनीरूपमा दण्डनीय भनेपनि व्यवहारमा यसको कार्यान्वयन नभएको बताए । उनले सबै प्रकारका विभेदको अन्त्यका गर्न दलित आन्दोलन र मानवअधिकारको आन्दोलन, न्यायको आन्दोलन र समतामुलक समाज निर्माणमा गैरदलितको पनि साथ र सहयोगको आवश्यकता रहेको बताए ।

त्यस्तै गरी शान्ति समाजका पूर्व सभापति कृष्ण पराजुली,केन्द्रीय सदस्य डीपी खनाल, टे«ड युनियन काङ्ग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, ट्रेड युनियन कांग्रेस रूपन्देहीका वरिष्ठ उपाध्यक्ष सफातुल्ला रजा, नेपाल पत्रकार महासंघ रूपन्देहीका कोषाध्यक्ष सन्जय बिक, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य फुलमाया सुनार, राष्ट्रिय दलित पत्रकार संघ नेपाल रूपन्देहीका अध्यक्ष टंक सुनार लगायतले बोल्दै जातीय विभेदको अन्त्यमा सरकारले चासो नदेखाएको र अपराधजन्य घटनाले प्रशय पाईरहेको बताउँदै यसको अन्त्यका लागि सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।

शान्ति समाज रूपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराईले बोल्दै २१ औं शताब्दीमा पनि मानवले मानव भएर बाच्न पाउनुपर्ने अधिकारबाट बञ्चित हुनुपर्ने कुरा अत्यन्तै कुर र अमानवीय भएको बताए । उनले पछिल्लो समय देशका विभिन्न स्थानमा जातीय विभेदका घटना बढेकोले यसको घोर भत्सर्ना गर्दै न्यायको लागि र छुवाछूत अन्त्यको लागि शान्ति समाजले निरन्तर खबरदारी गरिरहेको बताए । उक्त प्लेकार्ड प्रदर्शन तथा सचेतना कार्यक्रममा मानवअधिकारकर्मी तथा पत्रकारहरूको उल्लेख्य सहभागीता रहेको थियो । मानवअधिकार तथा शान्ति समाज रूपन्देहीका सहसचिव सीता पौडेल, सचिव कृष्ण पाण्डे लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?