© २०२३
बर्दघाट, २५ असार ।
जग्गा सम्बन्धी विवादको कारण नवलपरासी पश्चिममा एक महिलाको हत्या भएको छ । रामग्राम नगरपालिका वडा नम्बर १० मझरियामा जग्गाको लेनदेन सम्बन्धी विवाद हुँदा हत्या भएको हो ।
हत्यामा सँलग्न रामग्रामका चन्दन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।
रामग्राम नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २६ कि मिरा चौधरीलाई आफ्नै देवर नाता पर्ने चन्दन चौधरीले मोटरसाइकलको सकर रडले टाउकोमा हानेर भाउजु मिराको हत्या गरेका हुन् । टाउकोमा गहिरो चोट लागेकी चौधरीलाई तत्काल पृथ्वीचन्द्र अस्पताल पु¥याइएको र थप उपचारको लागि मेडिकल कलेज भैरहवा पु¥याए पछि चिकित्सकले मृत घोषणा गरेका थिए ।