© २०२३
बुटवल, २५ असार ।
दीप बोर्डिङ हाई स्कूल बुटवलले २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरेको छ । एक कार्यक्रमका बीच दीपबोर्डिङले विद्यार्थी र तिनका अभिभावकलाई सम्मान गरेको हो । २०७९ सालको एसईई परीक्षामा दीप बोर्डिङबाट ११२ विद्यार्थी सहभागी थिए ।
सहभागी विद्यार्थीहरु ३.८५ ल्याउने ३ जना, ए प्लस १४ जना सहित सबै विद्यार्थी सि प्लस ग्रेडमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । आइतबार आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकाल, विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजू र प्राचार्य टिकाराम न्यौपानेले विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई बधाईसहित सम्मान गरेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले विद्यार्थी श्रमसँग जोडिनुपर्नेमा जोड दिँदै उपर्युक्त वातवरण सहितको विद्यालय विद्यार्थीको छनौटमा पर्ने बताए । दीप बोर्डिङ स्कूल धेरै उत्कृष्ट विद्यालयका रुपमा आफूलाई स्थापित गर्न सफल भएको ढकालको भनाइ छ ।
प्राचार्य न्यौपानेले ४ जीपीए मात्र सबै चिज नभएको बताउँदै विद्यार्थीले उच्च शिक्षामा धेरै राम्रो गर्न सक्ने बताए । सीप र संस्कार सहितको शिक्षाको लागि कक्षा ११ र १२ को पढाई पनि दीपलाई नैं रोज्न विद्यार्थीहरूलाई न्यौपानेले आग्रह गरे ।
विद्यालयका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले पारिवारिक र स्नेहपूर्ण वातावरण दीपमा रहेको बताए ।