ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
बाँकेका कारागारः

पुरानोमा कोचाकोच, नयाँ भूतबंगला बन्दै

पुराना संरचनामा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिँदा कैदीबन्दीले कोचाकोचको स्थितिमा निकै सास्तीपूर्ण दैनिकी व्यतित गरिरहेका छन् । करोडौ लगानीमा बनेको बैजनाथस्थित क्षेत्रीय कारागार र जानकी गाउँपालिकामा बनेको खुल्ला कारागारको सुबिधासम्पन्न भवन प्रयोग नहुँदा खण्डहर जस्तै छन् ।
२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

बाके, २५ असार   जिल्ला कारागार बाँकेमा कोचाकोच गरेर क्षमता भन्दा दोब्बर कैदी बन्दी राख्ने सम्बन्धित निकायले करोडांै लगानीमा बनेको बैजनाथस्थित क्षेत्रीय कारागार र जानकी गाउँपालिकामा बनेको खुल्ला कारागारको सुबिधासम्पन्न भवन खण्डहर बन्दै गरेको नदेखेझैं छन् ।

हाल संचालनमा रहेको जिल्ला कारागार बाँके जीर्ण छ । यहाँ क्षमता भन्दा बढी कैदीबन्दी छन् । बन्दीलाई बस्न, सुस्नका लागि प्रयाप्त स्थान छैन । पुराना संरचनामा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिँदा कैदीबन्दीले कोचाकोचको स्थितिमा निकै सास्तीपूर्ण दैनिकी व्यतित गर्नु परेको छ । ३५० जनाको क्षमता भएको बाँके कारागारमा हाल ९९२ जना कैदीबन्दी छन् । १२० को क्षमता भएको बालसुधार गृहमा पनि क्षमताभन्दा बढी २५० बालकहरू रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि क्षमताभन्दा बढी थुनुवाहरू रहेका छन् ।

कारागारको यस्तो दुराबस्थाका बिषयमा बाँकेका अधिकारकर्मीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी बिपन आचार्य मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मी प्रभातसिंह ठकुरीका अनुसार, एकातिर जीर्ण अवस्थामा रहेको बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरूले सास्ती व्यहोरीरहेका छन् ।

‘उनीहरूको आधारभूत मानव अधिकार उपभोगमा समस्या परिरहेको छ भने अर्कोतर्फ बाँके जिल्लाको नौवस्तामा झण्डै १० बिगाहको क्षेत्रफलमा तीन हजार क्षमताको क्षेत्रीय कारागारको भौतिक संरचना निर्माण भएर पनि संचालनमा आउन सकेको छैन ।’ ठकुरीले भने,–‘यस्तै ६ वर्ष अगाडि बाँकेको गनापुरमा भौतिक संरचना निर्माण गरिएको खुल्ला कारागार समेत अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।’

सुरक्षा ब्यारेक, कर्मचारी व्यवस्थापन, श्रोत साधनको व्यवस्थापन भै नसकेको क्षेत्रीय कारागार सञ्चालनमा आउन नसकेको बताउँदै ज्ञापनपत्रमा सरकारी अधिकारीबाट बेलाबखतमा छिट्टै संचालनमा आउने बताईए पनि कहिले देखि नौवस्ताको क्षेत्रीय कारागार संचालनमा आउने हो स्पष्ट गर्न माग गरिएको अधिवक्ता बसन्त गौतमले जानकारी दिए । बिषयको गम्भीरतालाई ध्यानमा राखेर सरोकारवाला पक्षसँग गम्भीरतापूर्वक छलफल गरेर समाधान खोजिने बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?