ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

मणिमुकुन्दमा नया नेतृत्व

२४ असार २०८०, आईतवार
२४ असार २०८०, आईतवार

बुटवल, २४ असार  आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्त्ब्यस्थलको परिचय बनाएको बुटवल–२ स्थित मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) को पाँचौँ अधिवेशन तथा १५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले माधवप्रसाद नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट उद्यानको उपाध्यक्षमा रमेशप्रसाद नेपाल र माधव श्रेष्ठ, महासचिवमा युवराज घिमिरे, सचिवमा ज्ञानप्रसाद अर्याल र कोषाध्यक्षमा मिलेन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बुद्धिराज थापा, राजुप्रसाद लिगल, त्रिविक्रमराज बस्याल, सन्तोष श्रेष्ठ, प्रकाशबहादुर कुमाल, विमला श्रेष्ठ र भगवती बस्याल घिमिरे चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै लेखा समिति संयोजकमा भोजबहादुर बुढाथोकी तथा सदस्यमा माधव श्रेष्ठ र राजेन्द्रराज अमात्य चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष नेपाल होटल तथा पर्यटन व्यवसायसँगै विभिन्न संघसंस्थामा आबद्ध रहेका छन् । समितिको अध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, महिला सदस्य तथा लेखासमिति सर्वसम्मत भएको थियो भने उपाध्यक्ष २ पदका लागि ३ जना तथा सदस्य पाच पदमा ६ जनाको उम्मेदबारी परेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको थियो ।

एक कार्यक्रमका बिच अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले फूलबारीको विकासका लागि प्रदेश सरकार सधैँ सहकार्य गर्न तयार रहेको बताए । उद्यानमा जीर्ण अवस्थामा रहेको मणिमुकुन्द सेन राजाको दरबारको संरक्षण गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै उनले प्रदेशभित्र रहेका पर्यटकिय स्थलको विकासमा जोड सरोकारवाला निकायहरुलाई आग्रह गरे ।
उद्यानका नवनिर्वाचित अध्यक्ष नेपालले आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनाउन गुरुयोजनाअनुसार भौतिक निर्माण तथा पार्कको सौन्दर्यकरणका कामहरु अगाडि बढाइने बताए । साथै उनले फूलैफूलको फूलबारी बनाउने अभियानलाई आफूले पूर्णता दिने बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष खेमप्रसाद लुइँटेल, लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीलगायतले बोल्दै राष्ट्रको गहनाका रूपमा रहेको उद्यानलाई अझै सुन्दर बनाउन एक आपसमा बाझिनुभन्दा पनि विकास निर्माणका काममा मिलेर अगाडि बढ्नुपर्ने बताए । अंग्रेज फौजलाई हराएका सेन वंशीय राजा मणिमुकुन्द सेनको शीतकालीन दरबारसमेत रहेको ऐतिहासिक र पुरातात्विक स्थल फूलबारीमा प्राकृतिक दृश्यावलोकन गरी मनोरम वातावरणमा रमाउन आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?