ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

रोटरी क्लब अफ तिनाउ बुटवलको पद हस्तान्तरण

२४ असार २०८०, आईतवार
२४ असार २०८०, आईतवार

बुटवल, २४ असार   रोटरी क्लब अफ तिनाउ बुटवलको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२२/२३ का अध्यक्ष कल्पना तिवारीले वर्ष २०२३/२४ का अध्यक्ष अमृता भुसाललाई पद हस्तान्तरण गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै रोटरी नेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले रोटरी क्लब अफ तिनाउ बुटवलले रोटरीको कार्यक्षेत्र र परिधीभित्र रहि सामाजिक क्षेत्रमा गरेका कामहरुको चर्चा गर्दै आगामी दिनमा पनि उत्कृष्ट कार्यहरुको लागि शुभकामना दिए । ध्वजूले आफुले डिष्ट्रिक गभर्नरको जिम्मेवारी सम्हालिरहदा लिएका उद्देश्य तथा योजनाहरु पुरा गर्न सबै रोटरी क्लब र सदस्यहरुको साथ र सहयोगको महत्वपूर्ण भूमिका रहने बताए ।

क्लब एड्भाईजर एवं डिष्ट्रिक कन्फरेन्स कमिटी चेयर एजाज आलमले रोटरी क्लव तिनाउ बुटवलले स्थापनाको छोटो समयमै रोटरीको बीचमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै यो पहिचानलाई कायम राख्ने गरि योजना बनाउन आग्रह गरे ।
कार्यक्रममा क्लबका वर्ष २०२३/२४ का एसिष्टेन्ट गभर्नर यादव भण्डारी र २०२२/२३ का एसिष्टेन्ट गभर्नर राजुदेवी खनालले समाज रुपान्तरणमा रोटरीको भूमिका महत्वपूर्ण रहने बताउंदै रोटरी क्लब अफ तिनाउ बुटवललाई शिक्षा, स्वास्थ्य र चेतनाबाट पछाडी परेको समुदायमा योजना लिएर पुग्न आग्रह गरे ।

वर्ष २०२२/२३ का अध्यक्ष कल्पना तिवारीले गतवर्ष सम्पन्न गरिएका कामहरुको समिक्षा गर्दै अधुरा रहेका कामहरुलाई यसवर्षको नेतृत्वले पुरा गर्नुपर्ने बताईन् । गतवर्ष किशोरी आमाहरुलाई शिपयुक्त बनाउने उद्देश्यले सिलाई कटाई तालिम र सामुदायिक विद्यालयमा छात्रा शौचालय निर्माण गरिएको थियो । वर्ष २०२३/२४ का अध्यक्ष अमृता भुसालले किशोरी आमाहरुलाई एडभान्स तालिमसंगै सामुहिक व्यवसाय संचालनका लागि सहयोग र विपन्न तथा गरिब परिवारका छोरीहरुलाई छोरी शिक्षा कार्यक्रम अन्तर्गत छात्रवृत्ति यसवर्षका प्रमुख कामहरु रहने बताईन् ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका आईपिपी हिमाल गैरे, क्लबका पुर्व अध्यक्ष जमुना पौडेल, निर्वाचित अध्यक्ष रमिला शर्मा, नोमिनी अध्यक्ष उमा आचार्य, प्रथम उपाध्यक्ष माया भट्टराई, सचिव अनिता भुसाल, रोट्याक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष प्रिती श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?