© २०२३
नवलपुुर, २३ असार ।
लाईफ लाईनका रुपमा रहेको कालीगण्डकी करिडोरको गैंडाकोट हँुदै पाल्पा रामपुुर भएर मुुक्तिनाथ जोडिने गरी निर्माण भैरहेको सढकमा अहिले पुुल बन्न नसक्दा यो सडक भएर यात्रा गर्नेहरु सास्ती खेप्दै यात्रा गर्न बाध्य भएका छन् । जसका कारण यो सडकमा यातायात बन्द भएको छ ।
नवलपरासी पूर्वको गैडाकोट भएर पाल्पा–रामपुर–स्याङ्जा–पर्वत–बाग्लुुङ हँुदै मुक्तिनाथ जोडिने गरी दश वर्ष अघिदेखि शुुरु भएको कालीगण्डकी करिडोरमा यात्रा गर्न जति असजिलो छ । वर्षा लागेपछि खोलामा रहेका पुुलहरु राम्रोसँग बन्न नसक्दा यात्रा जोखिम भएको स्थानीयहरुको गुुनासो छ ।
कालीगण्डकी करिडोरको धेरै खोलामा पुुल बनिसक्यो, तर गैंडाकोट र बुलिङ्टारको सिमाना रहेको तरङ्ग खोलामा अहिले सम्म पुल बन्न नसक्दा यो सडक भएर यात्रा गर्नेहरुले निक्कै सास्ती भोग्नुुपरेको बुलिङटारका बेलबहादुर दरै बताउँछन् ।
तरङ्गा खोला निक्कै ठाडो खोला रहेको र अहिले वर्षायाम लागेपछि त झन खोला तरिनसक्नु भएपछि यो सडक अहिले यही खोलाका कारण बन्द अवस्थामा रहेको र खोलाको पुुल बनाउने ठेकेदार बीचमै भागेपछि पुल निर्माण अलपत्र परेको छ ।
कालीगण्डकी करिडोरमा सबै खोलामा पुुल बनिसक्यो, जेनतेन सबै खोलामा पुलबाटै यात्रा गर्न मिल्न सक्ने अवस्था भए पनि तरङ्गा खोलामा भने अहिले सम्म पुुल नै बन्न सकेको छैन र ठेकेदारले आधा जति निर्माण गरेर भागेपछि पुुल नै अलपत्र परेको स्थानीय दुर्गा बहादुर मश्राँगी मगर दुुःखेसो गर्छन् ।
कालीगण्डकी करिडोरमा रहेको तरङ्ग पुुलको निर्माण जति सक्यो चाँडो भयो भने यो सडक भएर यात्रा गर्न थप सहज हुन सक्थ्यो । फरार ठेकेदारको खोजी भैरहेको भए पनि अहिले सम्म पत्ता लगाउन नसक्दा समस्या परेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ ।