ट्रेंडिंग:

>> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

मणिमुकुन्द कलेजद्वारा शैक्षिक उपलव्धि सार्वजनिक

एकेडेमिक रिजल्ट र अतिरिक्त क्रियाकलाप दुबैमा अब्बल रहेको दावी
२३ असार २०८०, शनिबार
२३ असार २०८०, शनिबार
न्युज बुटवलटुडे
बुटवल,२३ असार ।   बुटवलको योगिकुटीस्थित मणिमुकुन्द कलेजले आफ्ना विद्यार्थीहरुले शैक्षिक र अतिरिक्त क्रियाकलापमा हासिल गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ ।
शनिबार कलेजमा पत्रकार सम्मेलन गरी प्राचार्य टुकबहादुर क्षेत्रीले कलेजमा पढेका आशिष यादवले गत वर्ष लिइएको एमबीबीएसको पूर्ण छात्रवृत्ति प्रवेश परीक्षामा नेपाल छैठौं भएको जानकारी गराए । यस्तै त्यसअघिको एमबीबीएसको प्रवेश परीक्षामा राहुल वर्मा नेपाल पांचौं भएका उनले बताए । यस्तै काजोल मल्ल बीबीएसमा त्रिविवि दोस्रो र विकास भट्टराई त्रिविवि तेस्रो भएको बताए ।
मणिमुकुन्दमै पढेकी दाङकी ज्योति केसी एरोस्पेस इन्जिनियरिङको पढाइका लागि अमेरिकामा नाम निकाल्न सफल भई अमेरिकी वायुसेनामा भर्ती भइ अहिले अन्तरिक्ष यात्राको तयारीमा जुटेकी बताए । शैक्षिक क्रियाकलापसंगै कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै काम गरेको,विशेषगरी भलिबल खेलाडी, रेफ्री र कोच उत्पादनमा महत्वपूर्ण योगदान गरेको प्राचार्य क्षेत्रीले जानकारी गराए ।
कलेजले शैक्षिक गुणस्तरसंगै अनुशासनलाई पनि पहिलो प्राथमिता राखेकाले विद्यार्थीहरुले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरेका सहायक क्याम्पस प्रमुख दिवाकर खनालले बताए ।
कलेजका संयोजक पशुपति चौधरीले कलेजले कक्षा ११ मा भर्ना हुंदा एसईईमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीसंगै आर्थिकरुपले विपन्न, जेहेन्दार,द्वन्द्वपीडित,फरक क्षमता भएकाहरुलाई शुल्कमा विशेष छुटका साथै जुनसुकै शिक्षक–प्राध्यापकका छोराछोरीलाई शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था रहेको जानकारी दिए ।
कलेजका सञ्चालक उमापति न्यौपानेले शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा प्रदेशमै अग्रणी संस्थाको पहिचान कलेजले बनाउन सकेको भएपनि प्रचार प्रसारमा ध्यान नदिंदा कलेजका उपलब्धीहरु ओझेलमा परेका बताए ।
कलेजमा प्लस टु तर्फ विज्ञान र व्यवस्थापन संकायको पढाई हुने उनले बताए ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले अब्बल नतिजा र उत्कृष्टतामा निरन्तरताका कारण कलेजले बेग्लै पहिचान बनाएको बताए । उनले  विद्यार्थीलाई सुविधा र गुणस्तरीय शिषा दिन इमान्दार हुनुपर्ने सुझाव दिए ।
यस्तो छ मणिमुकुन्द कलेजले प्राप्त गरेको शैक्षिक उपलव्धिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?