© २०२३
भैरहवा, २३ असार । एसइई परिक्षामा सिद्धार्थनगर नगरपालिकाका वडा नं १२ जनक पथमा रहेको काशी नोबल एकेडमीका अमन बेलबासे ३.९५ जिपिए ल्याएका छन् । विद्यालयबाट एसइई दिने जम्मा ९७ जना विद्यार्थी मध्ये अमन बेलबासेसंगै अन्य विद्यार्थीहरुको ३.७५, ३.७, ३.६५, र ३.६ नतिजा ल्याउन सफल भएको एकेडमीका प्राचार्य राजेन्द्र घिमिरेले बताए । ‘विद्यालयको नतिजा राम्रो आयो ।’— उनले भने ।
यसवर्ष रुपन्देही जिल्लाका १० विद्यालयहरुका १५ जना विद्यार्थीले ३.९५ जिपिए ल्याएका छन् । सन्चालक समितिका अध्यक्ष ओम जैसीले राम्रो नतिजा ल्याउने विद्यालयमा पर्न सफल भएको बताए । रूपन्देही जिल्लामा उत्कृष्ट नतिजा ल्याउने अमन बेलबासे सिद्धार्थनगर नगरपालिका वडा नं ९ स्थायी बासिन्दा हुन । एकेडेमीका सह–प्राचार्य श्री बहादुर रायमाझीले शैक्षिकसंगै विविध रचनात्मक गतिविधिमा विद्यार्थीहरुको अग्रसरता हुदा नतिजामा ल्याउन सफल भएको बताए ।