Butwal Today

बर्दघाट पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरनगर

२३ असार २०८०, शनिबार
अ+
अ-

बर्दघाट, २३ असार ।  स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विना स्वास्थ्य क्षेत्रको विकास नहुने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बताएका छन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पहिलो पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरको घोषणा गर्दै मन्त्री खनालले उक्त कुरा बताएका हुन । खनालले लुम्बिनी प्रदेशले थप दक्ष स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्न लागेको समेत बताएका थिए ।

खनालले लुम्बिनी प्रदेश कुपोषण र मातृशिशु मृत्यु दरबढी रहेको बताउदै उनले घरमा नै सुत्केरी बनाउन सकिन्छ भन्ने सोचमा परिवर्तन गरि स्वास्थ्य संस्थामा लैजान सके मातृशिशु मृत्यु दर घटाउन सकिने बताए । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले बिकासका बिषयमा अनावश्यक राजनीति गर्न नहुने बताएका थिए । ‘स्वास्थ्य क्षेत्रमा अति सबेदशिल बिषय रहेकोले यसको व्यवस्थापन र दिगोपनमा ध्यान दिनु पर्दछ ।’ खनालले भने ।

कार्यक्रममा पुर्ण सस्थागत प्रसुती प्रतिबेदन बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले प्रस्तुत गरेका थिए भने जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति सदस्य सचिव एव जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ओम प्रकाश पन्थीले पूर्ण संस्थागत सेवायुक्त नगरको रुपमा बर्दघाटलाई घोषणा गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष रबिन्द्र बिक्रम हमाल, पुर्व नगर प्रमुख धिरज शर्मा बस्याल, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब जनार्दन पन्थी, लुम्बिनी प्रदेशका सभा सदस्य देवकरण कलवार, खड्ग बस्नेत लागायतले शुभकामना मन्तव्य राखेका थिए ।
पूर्ण सँस्थागत प्रसुती सेवायुक्त नगर बनाउन भूमिका निर्वाह गर्ने ८० जना स्वास्थ्यकर्मी र स्वास्थ्य स्वंयसेवीकाहरुलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । यस्तै बर्दघाट नगरपालिकाका सबै वडा र सहयोग गर्ने फेरमेड, ग्रीनतारा, इन्द्रेणी सामाजिक बिकास मञ्चलाई सम्मान पत्र बितरण गरिएको थियो ।