Butwal Today

नयागाउ माविका विद्यार्थीका उत्कृष्ट जिपिए

२२ असार २०८०, शुक्रबार
अ+
अ-

 

बुटवल, २२ असार ।  रुपन्देहीको नयाँगाउँ माबिले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ । जिल्लाका संस्थागत बिद्यालयहरुलाइ पछि पार्दै बुटवल १२ मा रहेको नयाँगाउँ माध्यमिक बिद्यालयले नतिजा सुधार्दै शतप्रतिशत बिद्यार्थी उत्रिर्ण बनाएको हो ।

प्रकाशित एसईईको नतिजामा २ जनाको ३.९५ जीपीएसहित उत्कृष्ट नतिजा निकालेको माबिका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले जानकारी दिए । ‘हामी यसपाली जिल्लामा सर्बोत्कृष्ट भयौँ, १ सय २७ जना सहभागिमध्ये सबै उत्कृष्ट भए भने २ जनाले ३.९५ जीपीए ल्याएका छन्, हाम्रो रिजल्टमा हामी धेरै खुशी छौँ ।’– उनले भने ।

बजार केन्द्रित ठूला भनिएका बिद्यालयको तलनामा हामी कनै हिसाबले कमी छैनौँ भन्ने प्रमाण यसपटकको इसईईको नतिजाबाट समेत पुष्टि भएको उनको भनाई छ । यसपटक माबिबाट एसईईमा १ सय २७ जना सहभागि रहेका थिए ।