Butwal Today
तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता

नवशान्ति, दमकडा र नवयुवा विजयी

२२ असार २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २२ असार  बुटवलमा जारी तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा नवशान्ति एफसी, दमकडा एफसी र नवयुवा एफसी विजयी भएका छन । फुलबारी गाईज बुटवलको आयोजना तथा रानीगंजा युवा क्लबको सहआयोजनामा रानीगंजा खेलमैदानमा शनिबार भएको खेलमा नवशान्तिले चौधरी ब्रदर्शलाई ट्राईबेकरमा ३–१ गोलले पराजित गरेको हो । नवशान्तिका सन्देश खनाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

दोस्रो खेलमा दमकडाले सैनिक एफसीलाई २–० गोल अन्तरले पराजित गर्यो । खेलमा नवयुवाका अमित क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि तेस्रो खेलमा नवयुवाले लुम्बिनी तालिम केन्द्रलाई ३–० गोलले स्तब्ध पार्दै अर्को चरणमा प्रवेश गरेको छ । खेलमा बिशाल सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

शनिबार एमएफसी र ब्रदर्श एफसी, झरना स्र्पोट्स क्लब र शिवनगर युथ क्लब तथा आयोजक फुलबारी गाईज (सेतो) र दोभान एफसीका बिच हुने खेल सयोजक यम ब. सिङ्जाली मगरले बताए ।

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?