ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

आयोजक स्कलर्स होमलाई उपाधि

२२ असार २०८०, शुक्रबार
२२ असार २०८०, शुक्रबार

बुटवल, २२ असार  प्रथम स्कलर्स होम एसइई कप फुटसल प्रतियोगिता २०८० को उपाधि आयोजक स्कलर्स होम एकेडेमीले चुमेको छ । लुम्बिनी फुटसल एरिनामा शुक्रबार भएको फाईनल खेलमा मणिग्राम मेड्रिडलाई २–१ गोलले पराजित गर्दै आयोजक स्कलर्स होम एकेडेमीले उपाधि चुमेको हो । स्कलर्सले उपाधिसंगै नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।

उपविजेता मणिग्राम मेड्रिड नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । स्कलर्सको जितमा आपित गुरुङले २ गोल गरे । मणिग्राम मेड्रिडलाई जनक ढकालले सान्त्वना गोल गरे । प्रतियोगितामा स्कलर्सका आपित गुरुङ हाई स्कोरर, स्कलर्स होमका किस्मत क्षेत्री बेष्ट गोलकिपर, मणिग्राम मेड्रिडका जनक ढकाल उत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।

एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुको खेल प्रतिभा प्रस्फुटनको उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको एक समारोहका बिच विद्यालयका प्राचार्य बाबुराम बन्जाडे, खेल संयोजक लोकप्रसाद भण्डारी (राजु), फुटबल खेलका प्रशिक्षक याम गुरुङ, खेलप्रेमी गोपाल प्रधानले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरे ।


विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले शैक्षिकसंगै बालबालिकाको प्रतिभा प्रस्फुटनका धेरै क्रियाकलापमा विद्यालय अगाडी रहेको दाबी गरे ।
प्रतियोगितामा १६ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेको खेल संयोजक लोकप्रसाद भण्डारी (राजु) ले बताए । स्कलर्स होम एकेडेमीबाट फुटबल शुुरु गरेर राष्ट्रिय टिमबाट साग प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरु नितेन थापा र रेजिन सुब्बासहित धेरै उमेर समुहा खेलाडी उत्पादन गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?