© २०२३
बुटवल, २२ असार ।
कालिका मानवज्ञान माविका विद्यार्थी प्रवल पोखरेल र प्रस्ताव भुसालले यस वर्षको एईईमा ३ दशमलव ९५ जीपीए ग्रेड ल्याउन सफल भएका छन् ।
कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाका अनुसार, ३ दशमलव ६ देखि ४ जीपीए ग्रेड समूहमा १ सय २२ विद्यार्थी परेका छन् । त्यसैगरी, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ग्रेड समूहमा १ सय ५८, २ दशमलव ८ देखि ३ दशमलव २ ग्रेड समूहमा १ सय २६ जना, २ देखि २ दशमलव ४ जीपीए ग्रेड समूहमा ३७ र १ दशमलव ६ देखि २ ग्रेड समूहमा २ जना विद्यार्थी परेका छन् ।
यसैगरी, विद्यालयबाट यो वर्ष १५ जनाले एमबिबिएसमा छात्रवृत्ति पाएका छन् । गतवर्ष १३ जनाले नाम निकालेका थिए । कालिका देशभरमै सरकारी स्कुलबाट छात्रवृत्तिमा नाम निकाल्ने विद्यालय हो । यसैगरी ईन्जिनियरिङतर्फ गतवर्ष ३९ जनासहित बिईमा एक सय जना बढीले नाम निकाले । कालिका मानव ज्ञान मावि नर्सरीदेखि १२ कक्षासम्म दुई सेक्टरमा गरी ७ हजार ६ सय ३९ विद्यार्थीहरु अध्ययरत छन् ।
यहाँ कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, मानविकी, व्यवस्थापन संकायमा पठनपाठन हुन्छ । त्यसैगरी प्राविधिकतर्फ कम्प्युटर पढाई हुन्छ । मानविकीतर्फ आमसञ्चार विषय पढाई हुँदै आएको छ । यो वर्ष व्यवस्थापनतर्फ एउटा सेक्सन टुर्स एण्ड ट्राभल्स विषय पठनपाठन हुने प्राचार्य थापाले बताए ।