© २०२३
बुटवल, २२ असार काठमाण्डौ र पोखरापछि ठूलो लगानीको नाइट क्लब प्लान बि डिस्को प्रालिको बुटवलमा शनिबारदेखी सेवा शुभारम्भ गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रात्रीकालिन गितसंगित र नृत्यबाट मनोरन्जन दिने उद्येश्यका साथ बुटवलमा शनिबारदेखि सफ्ट ओपनिङ गर्न भएको हो । शनिबार उद्घाटनमा सबिन एण्ड फाराडोको प्रस्तुति दिने छन ।
शुक्रबार पत्रकार सम्मेलनमा संचालक सुरेस श्रेष्ठले सेवा शुभारम्भको तयारी पूरा भएको बताए । डेढ वर्ष अघि आगलागीबाट क्षति ब्यहोरेको क्लब पुनः मर्मत गरि सुभारम्भ गरिएको हो । लगानी, पुर्वाधारका हिसाबले काठमाडौ र पोखरापछि बुटवलमा प्लान बि एक हो । करीब ५.५ कठ्ठा क्षेत्रफलमा पुर्वाधार तयार भएको रेष्टुरेन्ट र डिस्को युवाहरुको मनोरञ्जनको लागि उत्कृष्ट गन्तव्य बन्ने उनले दाबी गरे । लाईट सिस्टम, साउण्ड सिस्टम र खाजा हाईजनिक रहेको छ । क्लबको १ हजार ५ सय जना अटाउने र रेष्टुरेन्ट ३ सय ५० रहेको छ । साझको ६–१० बजेको समय फेमिली टाइमको अफर हुने छ ।
क्लबका प्रबन्ध निर्देशक कमल रानाले प्लान बिमा किचन, बार, सुरक्षा, सरसफाईका गरि ८० जना भन्दा बढि युवाहरुले रोजगार पाउने भएका छन । क्लबका संयोजक सन्तोष सुवेदीले बुटवलमा क्लब कल्चरको विकासमा महत्त्वपूर्ण योगदान दिने बताए । आकर्षक डिजाईनमा तयार भएको क्लबबाट पर्यटन प्रवर्द्धन हुने उनले बताए । पर्यटकहरु १० बाई २० को एलईडी स्क्रिन, उच्चस्तरको साउण्ड क्वालिटीको सेवा लिनेछन । यसगरि वर्थडे, एनिभर्सरीको लागि सेपरेट क्याबिन, फुल सिसिटिभि क्यामरा, हाई सेक्युरिटी सुबिधा रहेको छ ।
क्लबका संचालक जीवकान्त काफ्लेले भारतिय पर्यटकलाई बुटवलमा भुलाउन सकिने थलोको अभावको बेला यो उपयुक्त भएको दाबी गरे । पाच जना युवाहरुको करिब १२ करोड रुपैयाभन्दा माथिको लगानीमा तयार भएको उनले बताए । रात्रीकालिन समयमा मनोरञ्जन दिन जिल्ला प्रशासन कार्यालयबाट १ बजेसम्म सेवाको स्वीकृति लिएको छ ।
डेढ वर्ष अघि नाईट क्लबमा आगलागी भएपछि तयार भएर सुचारु भएको हो ।