© २०२३
बुटवल, २२ असार । लुम्बिनी माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लुम्बिनी प्रदेशमा ३ दशमलव ६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २ हजार ७ सय ५९ रहेको छ । रुपन्देही जिल्लामा वि.स. २०७९ को माध्यमिक शिक्षा उत्र्तीण परिक्षा (एसईई) मा सहभागी कुल ३ सय ३८ वटा विद्यालयका कुनै पनि विद्यार्थीले ४ जिपिए ल्याउन सकेनन । शिक्षा विकास तथा संमन्वय एकार्य रुपन्देहीका परिक्षामा कुल १७ हजार ९ सय १५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा नियमित तर्फ साधारण १७ हजार ४ सय ७३ जना, प्राविधिक धार तर्फ ४ सय ४२ जना विद्यार्थी सहभागी भएका थिए ।
यस्तै ग्रेडवृद्धि (आंशिक) तर्फ कुल ४ सया ५५ जना विद्यार्थी सहभागी भएका थिए । सार्वजनिक भएको नतिजा अनुसार ४ जिपिए ल्याउने विद्यार्थीको संख्या शुन्य छ भने ३.६ देखि ४ सम्म जिपीए ल्याउने विद्यार्थीको संख्या कुल ६ सय १३ जना मात्रै रहेका छन् ।
यस्तै ३.३ देखि ३.६ सम्म ल्याउने विद्यार्थीको संख्या १९ हजार ५८ जना रहेका छन् । कार्यालयका अनुसार प्राविधिक कारणले कुल २२८ जना विद्यार्थीको परिक्षाफल नै प्रकाशन भएको छैन ।
यता प्रदेशमा ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थीको संख्या भने ६ हजार ८१३ रहेको परिक्षा नियन्त्रकको कार्यालयले जनाएको छ । २ दशमलव ८० देखि ३ दशमलव २० ल्याउने विद्यार्थीको संख्या १० हजार २०१, २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए ल्याउने १३ हजार ३३२, २ जिपिए देखि २ दशमलव ४० जिपिए ल्याउने १७ हजार ९७ जना रहेका छन् ।
यसैगरी १ दशमलव ६० देखि २ जिपिए ल्याउने १८ हजार ९६०, १ दशमलव २० देखि १ दशमलव ६० जिपिएल्याउने १० हजार ५७३ र शुन्य दशमलव ८० देखि १ दशमलव २० जिपिए ल्याउने विद्यार्थीको संख्या ७१९ रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षामा पहिलो पटक अग्रेजी, गणित र विज्ञान बिषयमा पहिलोपटक स्तरिकृत प्रश्नपत्रको प्रयोग गरेको थियो ।