© २०२३
बुटवल, २२ असार । पाल्पा तानसेन नगरपालिका ७ सुन्दर गाउँका सिजन पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याएका छन् । उनले पाल्पाको प्रभासमा रहेको पोल स्टार इंग्लिस बोडिंग स्कुलबाट २०७९ मा एसईई दिएका थिए ।
उनी नर्सरी कक्षादेखि नै उक्त स्कुलमा भर्ना भइ अध्ययन गरेका विद्यार्थी हुन् । पोखरेल विद्यालयका लगनशिल, मिहिनेती र अनुशासित विद्यार्थी भएका विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद बस्यालले बताए । उक्त विद्यालयबाट २०७९ को एसईईमा १० जना विद्यार्थीले एसईई दिएका थिए । प्रिन्सिपल बस्यालका अनुसार त्यसमध्ये १ जनाले ३.८५ जिपिए, २ जनाले ३.८ जिपिए, १ जनाले ३.६ जिपिए, २ जनाले ३.४५ जिपिए, २ जनाले ३.४ जिपिए र १ जनाले ३.२ जिपिए ल्याएका छन् ।
उनी बाबा राजन पोखरेल र आमा तुलसा पोखरेलका पहिलो सन्तान हुन् । उनका बाबा बस व्यवशायी हुन भने आमा गृहिणी हुन् । रात्री बस तानसेन देखि काठमाण्डौं रुटमा चल्ने गर्दछ । कक्षा ११ मा विज्ञान बिषय समुहमा अध्ययन गर्ने ४ जिपिए ल्याएका सिजन पोखरेलले बुटवल टुडेसँग बताए । साइन्स पढ्ने तयारी गरिरहेको छु उनले भने, पछि आइ टि इन्जिनियर बन्ने रहर छ । राम्रो नतिजाका लागि पढाईमा अभ्यास बढी गर्नु पर्ने र मिहिनेतबाट भाग्न नहुने उनले बताए । उनकी बहिनी साइन पोख्रेल उक्त विद्यालयको कक्षा ८ मा अध्ययनरत छिन् ।