Butwal Today

कान्तीकी स्लेष्माले ल्याइन ३.९५ जीपीए, सामुदायिकतर्फ उत्कृष्ट भएको दावी

२२ असार २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २२ असार ।

बुटवल ४ स्थित कान्ति माध्यमिक विद्यालयकी छात्रा स्लेष्मा गौतमले यसवर्षको एसइईमा ३.९५ जीपीए प्राप्त गरेकी छन् । विद्यालयले सामुदायिक तर्फबाट रुपन्देहीमा सर्वोत्कृष्ट अंक ल्याएको दावी गरेको छ ।

कूल ३६९ विद्यार्थी एसइई परीक्षामा सहभागी भएकोमा ३.९५ प्राप्त गर्ने एकजना छात्रा सहित ३.६५ देखि ३.९५ जिपिए प्राप्त गर्ने २७ जना रहेका छन् । त्यस्तै ३.२५ देखि ३.६ जिपिए प्राप्त गर्ने ७३ जना, २.८५ देखि ३.२ जिपिए प्राप्त गर्ने १३३ जना २.४५ देखि २.८ प्राप्त गर्ने १०५ जना, २.०५ देखि २.४ जिपिए प्राप्त गर्ने २९ जना र १.७ देखि २ जिपिए प्राप्त गर्ने २ जना रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए । रुपन्देही जिल्लामा यस वर्षको एसइई परीक्षामा कुनै पनि विद्यार्थीले जिपिए ४ प्राप्त गर्ने नसकेको अवस्था छ । विगत देखि नै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा गरिरहेको विद्यालयलाई लुम्बिनी प्रदेशमा विज्ञान विषयको हबका रुपमा प्रदेश सरकारले शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?