© २०२३
बुटवल, २१ असार
बुटवलमा जारी तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा शिवनगर युथ क्लब, ब्रदर्श एफसी र लुम्बिनी प्रदेश तालिम केन्द्र विजयी भएका छन । फुलबारी गाईज बुटवलको आयोजना तथा रानीगंजा युवा क्लबको सहआयोजनामा रानीगंजा खेलमैदानमा बुधबार भएको पहिलो खेलमा सुनौलो संगम क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै शिवनगर युथ क्लब विजयी भएको छ । खेलमा सुनौलोका बिमल दलार्मी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
दोस्रो खेलमा ब्रदर्श एफसीले फ्रेन्डसिप युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्यो । ब्रर्दशको जितमा सुमित मल्ल, बुद्धी पुन र हिमाल थापाले गोल गरे । फ्रेन्डसिपका होम बुढामगरले एकमात्र गोल गरे । खेलमा ब्रर्दशका सुमित मल्ल म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि तेस्रो खेलमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रले डिबी एफसी खैरेनीलाई २–१ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । केन्द्रको जितमा शैलेन्द्र चौधरी र बिनोद शाहीले गोल गरे । खेलमा शैलेन्द्र म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
बिहिबार दोस्रो चरणका खेलहरु शुरु हुनेछन । पहिलो खेलमा न्यु ईरा र दोभान एफसी, दोस्रो खेल आहान एफसी र फुलबारी गाईज (सेतो) तथा तेस्रो खेल फुलबारी गाईज (ब्लु) र सिद्धार्थ एफसीका बिच हुने खेल सयोजक यम ब. सिङ्जाली मगरले बताए ।