© २०२३
बुटवल, २१ असार मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको ५ औ अधिवेसन तथा १५ औ साधारण सभाको पुर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम गरिएको छ। उद्यान परिसरमा बिहिबार रुद्राक्ष, अमला, जामुन, कल्कि, धुपी, सुगर चट, एभोगार्डो, तेजपत्ता लगाएतका साढे ४ सय बढि बिरुवाहरु रोपिए।
बुटवल उपमहानगरपालिका नगरप्रमुख साबित्रीदेवि अर्यालले विहिबार उद्यान परिसरमा वृक्षारोपण गरि उद्घाटन गर्दै धेरै मेहनत र निरन्तरताबाट उद्यान नमुना बन्न सफल भएको बताईन । शहरमा हरियाली संरक्षणमा उद्यानहरुको योगदान रहेको भन्दै यो कामलाई थप निरन्तरता दिन सुझाव दिईन ।
कार्यक्रममा समितिका अध्यक्ष खेमप्रसाद लुईटेल वर्षभरि नै विविध कार्यक्रम मध्ये वृक्षरोपण महत्वपुर्ण कार्य भएको बताए । गत एकवर्षको अवधिमा एक हजार बिरुवा लगाएको भन्दै उनले बिस्थापित पुराना रुखको ठाउमा हरियाली गराउने लक्ष्यसहित कार्यक्रम गरिदै आएको बताए। बुटवल सामुदायिक वन उपभोक्ता समूह (१–४) का अध्यक्ष बाबुराम पौडेल, संयोजक माधव नेपाल, वडा नं २ सुनिल शाक्यले शुभकामना दिए।