Butwal Today

ट्राफिक नियम मिच्ने सवारीलाई कारवाही र जरिवाना

एकै दिन साढे ८ लाख राजश्व संकलन
२१ असार २०८०, बिहीबार
अ+
अ-

बुटवल, २१ असार ।

दुर्घटना बढी हुने लुम्बिनी प्रदेशमा ट्राफिक जाच र कारवाहीलाई तिब्रता दिईएको छ । नेपाल प्रहरी राजमार्ग सुरुक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले एकै दिन १ हजार ७२ वटा सवारी साधनलाई कारवाही गरेको हो ।

ट्राफिक नियम विपरित कार्य गरेका सवारी साधानलाई कारवाही गरेको जनाएको छ । प्रदेशभरमा रुपन्देहीमा ३ सय ७१ वटा सवारी र सबैभन्दा कम रुकुम पुर्वमा ८ वटा मात्रै सवारी कारवाहीमा परेका छन् । कार्यालयले एकै दिन कुल ४२ वटा कार्यक्रम संचालन गरेर १ हजार ४ सय ९६ जनालाई ट्राफिक सचेतना प्रदान गरेको छ । असार २० गते सवारी साधन कारबाहीबाट कुल ८ लाख ८६ हजार राजश्व समेत संकलन भएको जनाइएको छ ।