ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

‘वान एक्स बेट’का एजेन्ट र ५ कलाकारमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

२१ असार २०८०, बिहीबार
२१ असार २०८०, बिहीबार

काठमाडौँ ।

‘वान एक्स बेट’का नेपाली एजेन्ट दिनेश खड्कासहित १३ जना विरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । बुधबार कैलाली घर भएका २९ वर्षीय दिनेश खड्कासहित १३ जनामाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

सट्टेबाजी खेलाएको आरोपमा जेठ ३० मा कैलाली घर भएका २९ वर्षीय दिनेश खड्का, उनकी पत्नी अनिता धिताल, नुवाकोटका आशिष लामिछाने, भक्तपुरका दिपेश श्रेष्ठ र कञ्चनपुरका दिनेश चन्दलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार र युट्युबर पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकारहरु पवन खतिवडा ‘म्याकुरी’, बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी), राजु पौडेल (राजु मास्टर) र सरोज घिमिरे (ढेडुबुढो) लाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

वान एक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर गणेश देवकोटा, जलन घर्ती मगर र अलिस राई पक्राउ परेका थिए ।

सट्टेबाजी गराएर दिनेश खड्काले सबैभन्दा धेरै कारोबार गरेको भेटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार खड्काले १२ वटा खातामार्फत ६४ करोड र ४२ वटा खाता प्रयोग गरेर थप ३१ करोड ३२ लाख कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ । दिपेश श्रेष्ठले ५ करोड कारोबार गरेको भेटिएको छ ।

आरोपितहरुले १ अर्ब ५ करोडभन्दा धेरेको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

प्रहरीले उनीहरुलाई ‘सट्टेबाजी गर्न नहुने’ कसुरमा सजाय र बिगो मागदाबी लिन सरकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाएको छ । वान एक्स बेटका एजेन्ट खड्काले क्रिप्टो करेन्सीको कारोबार पनि गरेको अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?