ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

सिद्धार्थनगरमा एडिबीको सहयोगमा साढे २६ किलोमिटर सडक

२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

बुटवल, २० असार ।   रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा साढे २६ किलोमिटर सडक निर्माण (कालोपत्रे) हुने भएको छ । शहरी विकास मन्त्रालय मार्फत एशियाली विकास बैंकको लगानीमा नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगरपालिकाको २५ प्रतिशत लगानीमा नगरमा साढे २६ किलोमिटर सडक निर्माण हुने भएको हो ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयको पहलमा नगरमा एशियाली विकास बैंक (एडिबी) को अर्बन रेजिलेन्स लिभ्लिीहुड इम्प्रुभमेन्ट (यु.आर.एल.आई) आयोजना अन्र्तगतसडक निर्माण (कालोपत्रे) हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । उनका अनुसार एक अर्ब ३५ करोड रुपैयाँ बढी लागत अनुमानमा भीमकाली पथ, गल्लामण्डीको सुगरमिल सडक, मायादेवी कोलोनी, अभयदुर्गा पथ, दुर्गा कोलोनी लगायत २८ वटा बढी सडकखण्डमा निर्माण हुनेछ ।

यस अघि पनि सिद्धार्थनगरमा एडिबीको ‘आरयूडिपी’ र ‘आईयूडिपी’ आयोजना संचालन भइ सम्पन्न भएको थियो । आरयूडिपी आयोजना संचालनको क्रममा देशमै पूजिँगत खर्चको अवस्था निराशजनक भएको बेला समयमै काम सम्पन्न गरेकोले एडिबीले सिद्धार्थनगरलाई उत्कृष्ट परियोजना व्यवस्थापन पुरस्कार समेत प्रदान गरेको थियो । आयोजना संचालनका लागि दशै अघि नै बोलपत्र आह्वान हुने प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । उनले यस पटक पनि सहज र समय अघि नै आयोजना सम्पन्न गर्ने गरी तयारीहरु भइरहेको बताए ।

एडिबीले रुपन्देहीको पाँच वटा सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकामा आयोजना संचालन गर्न लागेको छ । पाँच वटै पालिका प्रमुख, आयोजना व्यवस्थापक, सहरी विकास मन्त्रालय अन्र्तगत आयोजना समन्वय कार्यालय र एडिबीबीच भएको अनलाइन छलफलमा एडिबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरी र आयोजना समन्वय कार्यालयको आयोजना निर्देशक रोशन श्रेष्ठले सिद्धार्थनगर नगरपालिकामा एडिबीको आयोजना प्रभावकारी, सहजै र समयमै सम्पन्न हुने भएकोले अन्य पालिका भन्दा सबैभन्दा अघि सिद्धार्थनगर नगरपालिकामा आयोजना संचालन हुने बताए ।

छलफलमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अन्य पालिका भन्दा सिद्धार्थनगरमा सबैभन्दा अघि आयोजना संचालन गर्न लागिएकोमा खुशी व्यक्त गर्दै आयोजना सम्पन्नका लागि पालिकाबाट पूर्ण साथ र सहयोग हुने प्रतिवद्धता जनाए ।
उनले नगरपालिकामा क्रमशः विकास भइरहेकोले केही समयमा कामको परिणाम देखिने बताए ।
निर्माण हुने सडकखण्ड दुवै तर्फ नाला, फुटपाथ, आवश्यकता अनुसार स्ट्रिट लाइट हुनेछ भने निर्माण हुने संरचना बालबालिका, अपाङ्गमैत्री हुने सिद्धार्थनगर नगरपालिकाका आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए । नगरमा सडक संरचना सहितको निर्माणले नगरका हजारौँ नगरवासी लाभन्वित विश्वास लिइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।

सडकका साथै नगरपालिकाको कार्यालयले नगरवासी र पर्यटकलाई लक्षित गरी डण्डा नदीलाई पनि करिडोरको रुपमा विकास गर्नका लागि प्रक्रिया अघि बढाएको छ । जसका लागि विस्तृत गुरुयोजना तयार हुने क्रममा रहेको आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए । डण्डा नदीलाई करिडोरको रुपमा विकास गर्नका लागि एडिबी पनि सकारात्मक रहेको छ । डण्ड नदीको कार्य विभिन्न चरणमा सम्पन्न हुने बताइएको छ । प्रथम चरणका लागि ७० करोड रुपैया अनुमान गरी विनियोजन गरिएको छ । डण्डा नदी र जग्गाको संरक्षणका लागि तटबन्ध निर्माण गरिने, साइकल मार्ग, पैदल यात्रु हिड्डुल मार्ग, नदीमा बोटिंग, रेष्टुरेण्ट, ध्यान केन्द्र, बालबालिकाका लागि फनपार्क लगायत संरचना निर्माण हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?