ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

होटल ब्यवसायीलाई वारिष्टा तालिम

उत्कृष्ट प्रशिक्षार्थीहरु सुभद्र ज्ञवाली र आशिष गाहामगर पुरस्कृत
१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

बुटवल, १९ असार   होटल ब्यवसायीहरुको क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्येश्यका साथ रुपन्देहीमा निशुल्क बारिष्टा तालिम सम्पन्न गरिएको छ । पछिल्लोसमय बजारमा उपभोक्ताको कफीप्रतिको आर्कषणलाई मध्येनजर गरि ब्यवसायीहरुलाई तालिम आयोजना गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । संघबाट तालिमलाई निरन्तरता दिईने उनले बताए । होटल संचालन गर्ने परम्परागत प्रवृत्तिमा धेरै परिवर्तन आएको भन्दै समयअनुसार परिवर्तन जरुरी रहेको उनको सुझाव छ ।

पर्यटन ब्यवसायलाई फष्टाउने क्रममा लगानी बढ्नुको साथै होटलको बारेमा राम्रो ज्ञान लिएरमात्र लाग्ने युवाहरु संख्यामा उल्लेख्य वृद्धि भएको दाबी गरे । कोभिड संक्रमण, देशको आर्थिक प्रभावका कारण ब्यवसायमा कठिनाई बढेको भन्दै होटल ब्यवसायमा तालिमप्राप्त दक्ष जनशक्ति भर्नालाई प्राथमिकता दिने बताए । होटल ब्यवसायलाई पर्यटनमैत्री बनाउन आन्तरिक अनुगमनलाई चलाएको उनले दाबी गरे ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजना तथा ईन्स्युर परियोजना बुटवल, रुपन्देही उद्योग संघ, डाईनामिक टेक्निकल एजुकेसन एण्ड भोकेसनल ट्रेनिङ प्रालिको सहयोगमा १६ दिने निशुल्क वारिष्टा तालिम सम्पन्न भएको हो ।

समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ पंगनीले तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारिक रुपमा उतार्न सफल हुनेमा आशाबादी रहेको बताए । स्थानिय पालिकाबाट समेत युवाहरुलाई रोजगार सृजना गर्ने गरि विभिन्न तालिमहरु गर्न बजेट बिनियोजना गरिएको उनले बताए । सानै भएपनि स्वदेशमा उद्योगब्यवसाय चलाएर निरन्तरता दिदा सफलता मिल्ने उनले बताए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले कामदारहरुको लागि थप सीप तालिमको आवश्यकतालाई बुझेर चलाईएको बताए । सरोकारवाला संस्थासंग सहकार्यमा दिईएको तालिम फलदायी र प्रभावकारी देखिएको भन्दै निरन्तर चलाएर दक्ष बनाउदै स्वदेशमा नै युवाहरुलाई रोक्न सकिने बताए ।
कार्यक्रममा शिक्षा तथा तालिम संयोजक माधव ढकालले ब्यवसायीहरुको हकहितसंगै क्षमता विकासमा समेत संस्थागत रुपमा लागेको बताए । सेवामुलक उद्योग होटल ब्यवसायीहरुलाई चलाईने तालिम निक्कै उपलब्धिमुलक भएको बताए । निक्कै उत्कृष्ट तालिम भएको दाबी गरे । पर्यटन ब्यवसायमा धेरै परिवर्तन आएको दाबी गर्दै क्षमता विकासको तालिम माग रहेको बताए ।

ईन्स्युर लुम्बिनी प्रदेशकी ब्यवस्थापक निर्मला मैनालीले दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना अन्तरगत दोस्रो चरणको तालिम चलाईएको बताए । समयसापेक्ष प्रविधि भित्रिदा कफि बनाउने तरिकाहरुमा पनि परिवर्तन आएको उनले बताईन । बारिष्टा तालिम प्रति युवाहरुको आकर्षक रहेको भन्दै उनले लगानीका हिसाबबाट धेरै हुने भएको हुदा पनि प्रभावकारिता धेरै रहेको बताए । श्रम बजारमा पुरुषको संख्या बढी रहेको तथ्याकबाट पुष्टि गर्ने भन्दै महिला तथा पिछडिएका वर्षलाई प्राथमिकतामा राख्न सुझाव दिइन । हस्पिटालिटी क्षेत्रको निरन्तर तालिमको सहकार्य गर्ने उनले बताईन ।

कार्यक्रममा डाईनामिक टेक्निकल एजुकेसन एण्ड भोकेसनल ट्रेनिङ प्रालिका संचालिका सुमित्रा केसी मैनालीले तालिमको सिकाई महत्त्वपूर्ण भएको बताईन । केवल सैद्धान्तिक मात्र नभई ब्यहारिक ज्ञानहरु दिएर सिकाउन सफल भएको बताए ।
कार्यक्रममा प्रशिक्षार्थी जंग बहादुर क्षेत्रीले तालिम निक्कै फलदायी भएको बताए । सीप नहुदा र हुदा धेरै फरक हुने अनुभव तालिममा सहभागी उनले बताए । तालिममा केवल बारिष्टामा कफि बनाउनेमात्र नभई अन्य धेरै ज्ञानहरु लिन सफल भएको बताए ।
यसैबिच तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीहरु सुभद्र ज्ञवाली, आशिष गाहामगरलाई संघका द्धितिय उपाध्यक्ष प्रेम भट्टराईको प्रायोजनमा नगदसहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापा क्षेत्रीले तालिमबाट दक्ष जनशक्तिलाई संघबाट समन्वय गरि रोजगार दिईने प्रतिवद्धता जनाए । जेष्ठ २६ गते शुरु भएको तालिममा २० जना सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission