© २०२३
पाल्पा, १९ असार
अविरल वर्षाले पाल्पाका विभिन्न सडकहरु पहिरो तथा लेदो झरी अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित गेग्रान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । धैरेनी क्षेत्रमा डिभिजन सडक कार्यालय पाल्पाको डोजर पुगेपनि लगातारको बर्षाले काम गर्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एव प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए । सो क्षेत्रमा रातीदेखि सडक अवरुद्ध रहेको छ । राम्दीदेखि रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा लेदो र गेग्रानले सडक अवरुद्ध भएको छ । करिडोरकै हुगी क्षेत्रमा सर्दीखोलाको कारण सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको गौडेपुलमा खसेको पहिरो पन्छाउने काम भईरहेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताए ।
जव्गादीदेखि बेलडाँडा सडकको सिलुवा खसेको पहिरो बाट केही दिन देखी सडक अवरुद्ध रहेको छ । पुर्वखोलाको हेक्लाङ्ग, रम्भाको फोक्सिङकोट सडक पहिरो झरी केही दिनदेखि बन्द भएको ताहु प्रहरी चौकीले जनाएको छ ।
राजमार्ग क्षेत्र बुटवल–तानसेन सडकखण्डको हिउँदे खोलामा स्काभेटर, पानी मिल क्षेत्रमा लोडर, बतुङ्गमा जेसिवी आर्यभञ्ज्याङ्ग लोडर सहित जनशक्ति रहेकोले आवश्यक स्थानमा सोही स्थान बाट मेशिन तथा जनशक्ती परिचालन गरिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख निरौलाले बताए ।