© २०२३
गुल्मी, १८ असार गुल्मी रेसुंगा नगरपालिका ५ मा रहेको अर्खले स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरिएको छ । रेसुंगा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजीत कार्यक्रममा नगर प्रमुख खिलध्वज पन्थीले उक्त स्वास्थ्य संस्थालाई सोमवारदेखि किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको घोषणा गरेका हुन ।
घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख पन्थीले रेसुंगा नगरपालिकाको संमृद्धिको आधारहरु मध्य स्वास्थ्य सेवा प्रमुख प्राथमिकतामा रहेको भन्दै कोही पनि नागरिक स्वास्थ्य सेवावाट बञ्चित हुन नपाउन भन्ने उद्देश्यले नगरपालिकाको नीति तथा कार्यक्रममा पनि स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर वजेट बिनियोजन गरिएको बताए । उनले स्वस्थ जीवनवाट मात्र संमृद्धिको आधार तय गर्न सकिनेमा जोड दिएका थिए ।
किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा भैसकेपछि सो संस्थावाट यौन तथा प्रजनन, परिवार नियोजन, पोषण, हिंसा, लागुपदार्थ दुव्र्यसन, नसर्ने रोगको रोगथाम, मानसिक समस्या जस्ता सेवाहरु प्रदान गरिने भएको छ । उक्त सेवाबाट किशोरकिशोरीहरुले गोपनीय रुपमा सहज र मैत्रीपूर्ण तरिकाले स्वास्थ्यकर्मीसँग परामर्श गर्न सक्ने अर्खले स्वास्थ्य चौकीकी सिनियर अनमी ईन्दिरा थापाले जानकारी दिएकी छन । रेसुंगा नगरपालिका भित्र पहिलो पटक अर्खलेको स्वास्थ्य संस्थालाई कोशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरेपछि सोही संस्थाका कर्मचारीहरुले आगामी दिनमा स्वास्थ्य संस्थावाट प्रदान हुने सेवाहरु पूर्ण रुपमा कोशोरकिशोरी मैत्री हुने भन्दै प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा रेसुंगा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत हरिप्रसाद अर्याल, वडा अध्यक्ष दुर्गा प्रसाद खनाल लगायतले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ दफा ५ अनुरुप गरिएको मूल्याङ्कनका आधारमा अर्खलेको स्वास्थ्य संस्थालाई कोशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरिएको बताए । सदरमुकाम तम्घासँगै जोडिएको उक्त संस्थावाट आगामी दिनमा त्यस क्षेत्रका किशोरकिशोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।