© २०२३
बुटवल, १८ असार बुटवलमा जारी तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा एमएफसी, नवयुवा एफसी ठुटीपिपल र झरना बिजयी भएको छ । फुलबारी गाईज बुटवलको आयोजना तथा रानीगंजा युवा क्लबको सहआयोजनामा रानीगंजा खेलमैदानमा सोमबार भएको खेलमा सहआयोजक रानीगंजा एफसीलाई १—० गोल अन्तरले पराजित गर्दै एमएफसी विजयी भएको हो ।
एमएफसीको जितमा रेशम चौहान मगर नायक रहे । उनले डिबक्स बाहिर पाएको फ्रिकिकलाई सदुपयोग गर्दै जाली चुमाए । खेलमा रानीगंजाका पुरन सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि सोमबार नै भएको अर्को खेलमा नवयुवा एफसी ठुटीपिपलले मुर्गिया एफसीलाई २—० गोल अन्तरले पराजित गर्यो । नवयुवाको जितमा बिशाल शाही र संगम सोमरेले गोल गरे ।
नवयुवाका बिशाल शाही म्यान अफ दी म्याच भए । यसैगरि अर्को खेलमा झरना स्र्पोट्स क्लबले मदन भण्डारी स्र्पोटस एकेडेमीलाई १—० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । झरनाको जितमा आशिष ज्ञवालीले एकमात्र गोल गरे । खेलमा झरनाका गोलकिपर कुशल सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
मंगलबार नवशान्ति एफसी र रोयल नयागाउ, चौधरी ब्रदर्श र संजिवनी एफसी तथा इभोलुसन क्लब अफ बुटवल र जनशान्ति एफसीका बिचमा पहिलो चरणका ३ खेलहरु हुने खेल सयोजक यम ब. सिङ्जाली मगरले बताए ।