ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
(भिडियो समाचार)

स्थानीय तहले कार्यविधि नबनाइकन सेवा प्रवाह गरेको पाइन्छः महालेखा परीक्षक

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

काठमाण्डौ, १८ असार ।  महालेखा परीक्षकको कार्यालयले स्थानीय तहले कार्यविधि नबनाइकन सेवा प्रवाह गरेको दाबी गरेको छ । आईतवार ललितपुरमा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै कार्यवाहक महालेखापरीक्षक राममायाँ कुँवरले स्थानीय तहमा कार्यविधि बिना नै सेवा प्रवाह भएको पाईएको बताईन ।

स्थानीय तहबाट गर्नुपर्ने सुधारमा ऐन, कानूनको प्रभावकारी कार्यान्वयन, सोझै खरिद भएका विषयहरुमा सुधार र स्थानीय तह आफैँले गर्नुपर्ने कामहरुमा पनि विभिन्न साझेदार वा स्टेक होल्डरमार्फत गर्दै आएको कुरालाई सुधार गर्नुपर्ने उनको तर्क थियो । स्थानीय तहले आफैँ गर्नुपर्ने कामहरु नागरिक संस्थामार्फत गराउँदै आएको, आफूले अनुदान प्राप्त गरेका क्षेत्रहरुमा अनुगमन तथा आफूले बजेट लगानी गरेको ठाउँको के कस्तो प्रतिक्रिया प्राप्त भएको छ, कस्तो प्रतिफल प्राप्त भएको छ, चाहे अनुसारको सेवा प्रवाह भयो की भएन ? त्यसको अनुगमन नहुने गरेको समेत दुखेसो गरिन । स्थानीय तहमा सेवा प्रवाहमा सूचना प्रणालीको प्रयोग गर्नुपर्ने कुरामा कमजोरी भएको पाइएको बताईन ।
कुँवरले, ‘महालेखा परीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहबाट प्रदान गरिएका सेवाहरुको के कस्तो स्थिति छ, त्यसको ५ वर्षे मूल्यांकन गरी सोको पनि विशेष लेखा परीक्षण गरी सोको प्रतिवेदन पनि यो वर्ष हामीले सार्वजनिक गरिसकेका छौँ । सेवा प्रवाहमा कार्यविधि नबनाइकन, जुन विषय हामीले कार्यविधि बनाएर सेवा प्रवाह गर्नुपर्छ, त्यस्ता विषयमा कार्यविधि नबनाएको विषयहरु भए,सेवा प्रवाहमा सूचना प्रणालीको प्रयोग गर्नुपर्ने कुरामा कमजोरी भएको छ।’
उनले महालेखा परीक्षक विकास बिरोधी निकाय नभएको स्पष्ट पारिन। उहाँले महालेखा परीक्षकको कार्यालय सुशासन कायम गर्ने र विकासको पक्षमा रहेको समेत दाबी गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?