ट्रेंडिंग:

>> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

कपिलवस्तुमा आज महाभिनिष्क्रमण दिवस मनाईदै

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

कपिलवस्तु, १८ असार    युवराज सिद्धार्थले राजसी सुखसयल त्यागेर ज्ञान प्राप्तिका लागि हिडेको दिनको स्मरण गर्दै कपिलवस्तुमा महाभिनिष्क्रमण दिवस मनाउन थालिएको छ । कपिलवस्तु स्थित राजप्रासाद तिलौराकोटमा असार १८ गते सोमवार राति महाभिनिष्क्रमण दिवस मनाइने छ । बुद्ध सर्किट नेपाल र गच्छामी मिडिया ग्रुपको सयुक्त आयोजनामा हुने दिवसको कार्यक्रमलाई लुम्बिनी विकास कोष, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशको सहयोग गरेका छन् । त्यसैगरि कपिलवस्तु टुरिजमले समन्वयकर्ताको भुमिका निर्वाह गर्ने छ । दिवसमा तिलौराकोटस्थित पूर्वी गेटको महाभिनिष्क्रमण द्वारमा सोमवार मध्यरातमा मनाउदै आएको छ ।

आज भन्दा २ हजार ६ सय १८ वर्ष अघि राजकुमार सिद्धार्थले दरबार छाडेर गएको झल्को दिने गरि राति १२ बजे तौलिहवाका एक शाक्यपुत्र घोडा चढेर निस्केपछि यो पर्व विधिवत् रूपमा शुरु हुने जनाईएको छ ।
असार पुर्णिमाका दिन राजकुमार सिद्धार्थ कठोर निर्णय गर्दै ज्ञानको खोजीमा आजभन्दा २ हजार ६ सय १८ वर्ष अघि मध्य रात राजप्रासाद र परिवार त्यागेर निस्केका थिए । उक्त ऐतिहासिक घटना ब्यूताउदै पर्यटकीय आकर्षण बढाउन केहि बर्ष यता देखी महाभिनिष्क्रमण दिवस मनाउन थालिएको कपिलवस्तु टुरिजम अध्यक्ष मनोजकुमार श्रीवास्तबले जानकारी दिए ।

नौलो पर्यटकीय गन्तब्य बनाएर पर्यटकलाई आर्कषित गर्न दिवस उजागर गरिएको उनले प्रष्ट्याए । कार्यक्रममा नेपाल स्थित श्रीलंकाका कार्यवाहक राजदूत निलुसा डिल्मिनी सहभागी हुनेछिन । त्यस्तै लुम्बिनीस्थित विभिन्न मुलुकका भिक्षु, लुम्बिनी विकास कोषका पदाधिकारी र उपासक उपासिका सहभागी हुनेछन् । शान्तिमै रमाउने र आनन्दित हुनेका लागि स्वर्गभन्दा बढी पुण्य संचय हुने हुँदा यस्को राम्रो ब्राण्डिङ आवश्यक रहेको रहेको कार्यक्रमको परिकल्पनाकार पर्यटन ईलमी बिक्रम पाँडेकाजीले बताए । यसका लागि सरोकारवालाको सहयोग आवश्यक रहेको उनले प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?