ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

अब कालिमाटीमा सुट सिलाई

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

सल्यान, १८ असार ।   सल्यानको कालिमाटीमा कटाई सिलाई गर्दै आइरहेका दलित समूदायका व्यवसायीहरु एडभान्स तालिम प्राप्त गरेपछि दक्ष बनेका छन् । पालिकाभित्र व्यवसाय गरिरहेका ९ जनाले दुई महिने एडभान्स कटाई सिलाई तालिमबाट सिप सिकेका हुन् । तालिममा दक्ष प्रशिक्षकबाट दौरा, सुरुवाल, सुट, पाइन्ट, चौबन्दी चोली तयार गर्न सिकेको भन्दै तालिममा सहभागी व्यवसायी रोमन परियारले अझै बढी सिप सिक्न आवश्यक रहेको बताए ।

सफल व्यवसायी उत्पादनका लागि कालिमाटी गाउँपालिकाले दलित उत्थान कार्यक्रम अन्तर्गत एडभान्स कटाई सिलाई तालिम सञ्चालन गरेको तालिम संयोजक दिप बहादुर वलीले जानकारी दिए ।

तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर केसीले सिप प्राप्त नागरिकक उत्पादनमा आफुहरुको जोड रहेको बताए । उनले सिकेको सिपलाई प्रयोग गर्दै गुणस्तरिय सेवा दिन र आर्थिक रुपमा सबल बन्न आग्रह गरे । ‘दौरा,सुरुवाल, कोट पाइन्ट सिलाउन मानिसहरु पालिका वाहिर जाने गर्छन् । अव यसका लागि यहीँको जनशक्ति दक्ष भयो भने सेवा पनि राम्रो हुने, पैसा पनि पालिकामै रहने हुन्छ,’ अध्यक्ष केसीले भने ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, आर्थिक विकास समितिका संयोजक इन्द्र बहादुर वली लगाएतले मन्तव्य राख्दै आफ्नै घरआँगणमा एड्भान्स तालिम लिन पाउनु सुखद विषय भएको बताउँदै सिप विकास र त्यसबाट आर्थीक अवस्थालाई माथि उठाउन गाउँपालिकाले निरन्तर रुपमा यस किसीमका कार्यक्रम सञ्चालन गर्ने बताए । दुई महिले तालिममा सहभागिहरुलाई एक एक सेट कटाई सिलाई मेसिन र सम्बन्धीत सामग्री समेत हस्तान्तरण गरिएको थियो । समापन कार्यक्रमको सहजिकरण रोजगार सेवा केन्द्रका गोविन्द खड्काले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?