ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

सिंचाई पाउँदा मालिकाका जनता खुसी

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

गुल्मी, १८ असार   योजना सम्पन्न भएपछि कार्यालयको तर्फबाट दिएको योजना हस्तान्तरणको पत्र बुझेपछि उपभोक्ता समितिका अध्यक्ष निकै भावुक देखिएका थिए । स्थानीय उपभोक्ता समितिको अध्यक्ष भएको नाताले उनले सबैलाई धन्यबाद दिन थाले । उनी बोली रहँदा एक्कासी भक्कानीय । यसै क्रममा उनका आँखाबाट आँसुका ढिक्काहरु झर्न थाले ।

उनी भन्दै थिए ‘यो आँसु मेरो खुसिको आँसु हो । धेरै समयपछि यसरी आँशु झरेका हुन,’ मन थाम्न सकिन कहिलेकाँही मन धेरै खुसी हुँदा पनि यसरी आँसु झर्दा रहेछन,’ उनले भने । यी भनाई भन्ने र खुसिका आँसु बगाउने व्यक्ति मालिका गाउँपालिका ६ अन्र्तगत भैसे रुम्टा सिँंचाई योजना अन्र्तगत स्थानीय जल उपभोक्ता समितिका अध्यक्ष देबीराम गौतम हुन । स्थानीयहरुको भावना अनुसार तोकिएको समयमा योजनाको निर्माण कार्य सम्पन्न भएको र धेरै समयसम्म बाँझिएका खेतहरुमा कुलोबाट सललल पानी बग्न थालेपछि गौतम जस्तै धेरैको आँखा त्यतिबेला खुसीले रसाएका थिए ।

मालिका गाउँपालिकामा सिँचाई सुबिधा पुगेपछि स्थानीय कृषकहरु यतिबेला निकै खुसी छन । सिँचाईको अभावमा त्यस क्षेत्रका कृषकहरु वर्षौंदेखि आकाशे पानीको भरमा खेतमा सिंचित गर्दै आएका थिए । सिंचाई सुविधाको माध्यमबाट खेतखेतमा पानी पुगेपछि बर्षौंदेखि बाँझिएका खेतहरुमा यतिबेला किसानलाई रोपाई गर्न भ्याई नभ्याई बनेको छ । जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा मालिका गाउँपालिका ६ अन्र्तगत भैसे रुम्टामा सिँंचाई योजना निर्माणको काम सम्पन्न भएपछि त्यहाँका उपभोक्ताहरुको सपना पनि पुरा भएको छ । सिँचाईको लागि अति आवश्यकता रहेको उक्त ठाउँका स्थानीयहरुको माग बमोजिम गत तीन वर्षअघि उक्त योजना शुरु भएको थियो । उक्त योजना दुई करोड ३० लाख लागतमा सम्पन्न भएको हो ।

योजना निर्माणको जिम्मा पाएको अन्जना श्रेष्ठ जेभी र जल उपभोक्ता समितिले तोकिएको समय भित्रै निर्माण कार्य सम्पन्न गरेको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरत प्रसाद सापकोटाले बताए । स्थानीय अर्जै खोलावाट पानीको श्रोत ब्यवस्थापन गरि निर्माण गरिएको नहरको कुल लम्बाई तीन हजार ६ सय ५० मिटर रहेको ईन्जीनियर बालकृष्ण बुढाथोकीले बताए ।

उक्त सिँचाई योजनाबाट त्यस क्षेत्रका ६० घरधुरी प्रत्यक्ष लाभान्वित बनेका छन । सिँचाई योजना निर्माणसँगै त्यस क्षेत्रको ६० हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ । योजनाको निर्माण सम्पन्न भएपछि जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको तर्फवाट कार्यालय प्रमुख भरत प्रसाद सापकोटाले स्थानीयहरुलाई योजना हस्तान्तरण गरेका छन । योजना हस्तान्तरण गर्दै उनले सम्पन्न योजनाको दिगो व्यवस्थापन गर्न ठूलो चुनौती रहेको भन्दै स्थानीय समुदायले नै यसको संरक्षण र संवद्र्धनमा ध्यान दिनुपर्ने बताएका छन । पानीका अभावमा खेत बाँझै राखेर धान रोप्न नपाएका त्यस क्षेत्रका कृषकहरु उक्त सिँचाई योजनाले आफूहरुलाई ठूलो राहत दिएको भन्दै खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?