© २०२३
बुटवल, १७ असार बुटवलमा जारी तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा सिद्धार्थ एफसी, दोभान एफसी र आहाना एफसी विजयी भएका छन । फुलबारी गाईज बुटवलको आयोजना तथा रानीगंजा युवा क्लबको सहआयोजनामा रानीगंजा खेलमैदानमा आईतबार भएको खेलमा सिद्धार्थ एफसीले राना ब्रदर्श शिवपुरलाई ट्राईबेकरमा ५—४ गोल अन्तर, दोभान एफसीले सेभेन स्टारलाई ट्राईबेकरमा ३—२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
खेलमा सिद्धार्थका गोलकिपर बिशाल चौबे र दोभान एफसीका गोलकिपर प्रशान्त श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैबिच तेस्रो खेलमा मायादेबी एफसी उपस्थित नभएपछि आहान एफसी वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरेको छ । सोमबार नवयुवा एफसी ठुटीपिपल र मुर्गिया एफसी, रानीगंजा एफसी र एमएफसी तथा मदन भण्डारी स्र्पोटस एकेडेमी र झरना स्र्पोट्स क्लबका बिचमा ३ खेलहरु हुने खेल सयोजक यम ब. सिङ्जाली मगरले बताए ।