© २०२३
नवलपुर, १७ असार ।
पटक पटक जिल्लामा एआरटीको ब्यवस्था गर्न माग गरिए पनि उपलव्ध नहुँदा नवलपरासी पूर्वका एचआईभी सक्रमितहरु थप समस्यामा परेका छन् ।
एचआईभी संक्रमितहरुले सेवन गर्ने औषधी एआरटी जिल्लाबाटै नपाउँदा उनीहरुले सेवन गर्ने औषधी लिन जिल्ला बाहिर जान बाध्य भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
हाल जिल्लाका एचआईभी संक्रमितहरुले नियमित सेवन गर्ने औषधी लिन बुटवल र चितवन जान बाध्य भएका छन् । औषधीको प्रयोगबाट एचआईभी संक्रमित ब्यक्तिलाई लामो समय सम्म बाँच्न औषधीले मद्दत मिल्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाँईले बताए ।
जिल्लामा रहेका करिब तीन सय ७९ को संख्यामा रहेका एचआईभी सक्रमितहरु एआरटी औषधी लिन चितवनको भरतपुर जान बाध्य भएको जिल्ला जनस्वास्थ्य प्रमुख चापागाइँको भनाई छ । जिल्लामा एआरटी प्रयोग गर्ने एचआईभी सक्रमितहरुको संख्या दिन प्रति दिन बढ्दै गैरहेको जनाईएको छ ।
नवलपरासी पूर्व जिल्लाका एचआईभी संक्रमितहरु पनि बाह्य जिल्लाबाट समेत एआरटी लिन सक्ने भएकाले जिल्लामा यसको संख्या वृद्धि भएको र बिगत वर्षमा भन्दा यो वर्ष बढेको जनाईएको छ ।
सक्रमितहरु जिल्लाबाट औषधी उपलब्ध नभएपछि आफुहरु चितवन र रुपन्देहीका स्वास्थ्य संस्थाहरुमा जाने गरेको एचआईभी सक्रंमितहरुको संस्था लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलले बताएकी छन् । बाहिर जिल्लामा गएर औषधी सेबन गर्दा एचआईभी सक्रमितहरुलाई निकै समस्या भएको अध्यक्ष पौडेलको गुुनासो छ ।