© २०२३
बुटवल, १७ असार । सेयर कारोबारलाई हतारमा नाफा कमाउने व्यबसाय बनाउन नहुने एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले जोड दिएका छन । दोश्रो बजारमा सेयर खरिद गर्दा जोखिम कम हुने किसिमले अध्ययन गरेर मात्रै खरिद गर्नुपर्ने उनीहरुको सुझाव थियो । अग्रवाल सेक्युरिटीज काठमाण्डौले बुटवलमा आयोजना गरेको सेयर बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रममा बोल्दै कम्पनीका सस्थापक एबं बरिष्ठ चार्टर एकाउण्टेन्ट जगदिश अग्रवालले सेयरमा लगानी गर्दा अनुशासन र धैर्यता आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सिजन श्रेष्ठले लगानीकर्तालाई सहि परामर्श र भरपर्दो लगानीको बाताबरण निर्माण गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । सचालक भुवनेश्वर यादवले बुटवलमा कम्पनीले शाखा स्थापना गर्न लागेको भन्दै गुणस्तरीय र बिश्वसनीय सेवा प्रवाहले दोश्रो बजारका लगानीकर्ताहरुलाई फाइदा पुग्ने बताए ।
बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष एबं बुटवल ४ का वडाध्यक्ष नरिश्वर पौडेलले सहि र भरपर्दो सुचनाको अभावको कारण सेयर कारोवारमा लगानीकर्ता जाखिम मोल्न बाध्य भएको बताए । नेपाल स्टक एक्सचेन्जमा ६ नम्बर ब्रोकरको रुपमा सुचिकृत अग्रवाल सेक्युरिटिजले बुटवल ११ को कालिकापथमा शाखा स्थापना गरि सञ्चालनको अनुमति पाएको बुटवल शाखाका संरक्षक रबिन्द्रमान श्रेष्ठले जानकारी दिए ।