© २०२३
बुटवल १७ असार । ब्राह्मण समाज बुटवल उपमहानगरपालिका समितिको चौथो साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा भएको अधिवेसनबाट हरिप्रसाद उपाध्यायको अध्यक्षतामा नया समिति गठन गरिएको छ ।
ब्राह्मण समाज नेपालका केन्द्रीय सहअध्यक्ष रोमणी प्रसाद पाठकले कुनै पनि संगठनलाई चलायमान बनाउन क्रियाशिल सदस्य र कार्यक्रमको आवश्यकता हुने बताए । उनले ब्राह्मण समाजको एकतामा जोड दिदै संगठनलाई अझ बढि प्रभावकारी बनाउन योजनाबद्ध रचनात्मक कार्यक्रमलाई समुदायसंग जोडेर लैजानुपर्ने बताए । वडा देखि केन्द्रसम्म संगठनलाई बलियो बनाएर लैजाने गरि अभियान थाल्दै शिक्षा, ज्ञान र धर्मको प्रसारप्रसारमा समाज हाक्ने गरी नेतृत्व तयार हुनुपर्ने आजको आवश्यकता भएको बताए । कार्यक्रममा केन्द्रीय सचिव राधिका न्यौपाने, केन्द्रीय सदस्य लोकनाथ पाण्डेय, जिल्ला अध्यक्ष टोपलाल भुषाल, कोषाध्यक्ष गोविन्द बस्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ब्राह्मण समाजका अध्यक्ष केशरी लाल पंगेनी, शारदा खनालले शुभकामना दिएका थिए ।