ट्रेंडिंग:

>> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान

मायादेवीमा सिकाई व्यवस्थापन

१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार
कपिलवस्तु , १६ असार   कपिलवस्तु जिल्लामै पहिलो पटक मायादेवी गाउँपालिकाका बिद्यालयमा सिकाई व्यवस्थापन प्रणाली सञ्चालन गर्न थालिएको छ । गाउँपालिकाको छत्रपाली तिर्था देवी माबि पकडी, नेपाल राष्ट्रिय माबि भैसकुण्डा, जनता माबि बलुहवा र राष्ट्रिय माबि जिग्निहवामा सिकाई व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याईने छ । प्रणाली कार्यान्वयनमा ल्याउन चार वटा बिद्यालयका शिक्षकलाई तालिम दिईएको छ । प्रणाली सञ्चालनमा आएसगै नेपाल सरकारको बिद्यालय पाठ्यक्रमलाई अनलाईनमा राखेर शिक्षणमा सहयोग पुर्याउने कार्य अगाडी बढने छ ।
ट्रान्सफर्म एड र युनाईटेड मिसन टु नेपालको साझेदारीमा सनसाईन सामाजिक बिकास केन्द्रद्वारा सञ्चालित सिवाईसिसी परियोजनाले प्रणाली सञ्चालनमा सहयोग गर्न थालेको हो । शैक्षिक सामाग्री व्यवस्थापन र पहुचमा प्रणाली सञ्चालनले सहयोग पुग्ने शिक्षकका लागि आयोजित तालिमका प्रशिक्षक पदम पन्तले बताए । शिक्षकलाई दिईने तालिममा शैक्षिक सामाग्रीलाई एकिकृत गर्ने, व्यवस्थापन गर्ने, बिद्यार्थीमा पहुचँयोग्य बनाउने, अभ्यास गराउने, पृष्ठपोषण लिने र बढि भन्दा बढि बिद्यार्थीलाई कसरी सहभागी गराउने बिषयमा सहजीकरण गर्न थालिएको उनले स्पष्ट पारे ।
प्रणाली सञ्चालनले बिषय शिक्षकको अभाव भएका स्थानमा अनलाईन शिक्षण हुने, शिक्षक तथा बिद्यार्थी बिच सञ्जालीकरण एवम अन्तरक्रिया हुने, समस्या पहिचान र समाधानको उपाय खोजिने तथा सिकाई उपलब्धी बृद्धिमा सहयोग पुग्ने छ । प्रणाली मार्फत सञ्जालिकरण भएका बिद्यार्थी र शिक्षकले दैनिक शिक्षण भएका सामाग्रीलाई अनलाईन बाटै प्राप्त गर्न सक्ने छन । त्यसै गरि यस कार्यले कम श्रोतको प्रयोग बाटै शिक्षक अभावको समस्या परिपुर्तिमा सहयोग मिल्ने बिश्वास गरिएको छ । चार  बिद्यालयमा सञ्चालनका ल्यान थालिएको प्रणाली एक बर्षे परिक्षण परियोजना अन्र्तगत सञ्चालन हुनेछ ।  सामुदायिक बिद्यालयको सिकाई व्यवस्थापन, वैकल्पिक सिकाई सहजीकरण र नियमित सिकाई कार्यलाई प्रभावकारी बनाउन प्रणाली सञ्चालनले सहयोग पुग्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरे बताए । बिज्ञान र प्रबिधिको प्रयोगको अहिलेको समयमा बिद्यार्थीलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा प्रतिश्पर्धि बनाउने उद्धेश्यले प्रणाली सञ्चालन गर्न गाउँपालिकाले सहकार्य गर्न थालेको घिमिरेले स्पष्ट पारे ।
संरचना अभावले बिद्यालयको सिकाई रोक्किने परिस्थित बन्न नहुने आफुहरुको मान्यता रहेको युएमएनका कलस्टर प्रमुख रुप कुमार बिकले बताए । शिक्षा र स्वास्थ्इमा पछाडी परेको कपिलवस्तु जिल्लामा प्रबिधीको प्रयोग गरि सिकाई उपलब्धी बृद्धि गर्न प्रणाली सञ्चालन सहयोगी हुनेमा उनले बिश्वास व्यक्त गरे । गाउँपालिकाको चार वटा पालिकाबाट शुरु गर्न थालिएको सिकाई व्यवस्थापन प्रणालीको उपलब्धीलाई मध्यनजर गरि पालिकाका अरु बिद्यालयमा बिस्तार गर्ने योजना बनाईने मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले बताए । शिक्षामा समुदायको चासो नहुनु दुखदः पक्ष रहेको लुम्बिनी प्रदेशसभाका सदस्य मधुसुदनशरण चौधरीको गुनासो थियो । शिक्षा सुधारका लागि बिभिन्न प्रयत्न भए पनि समाजको दृष्टिकोण बदलिन नसकेकाले अब सबै पक्ष जिम्मेवार रुपमा अगाडी बढ्नु पर्ने उनले सुझाव दिए ।
बिद्यालयको गुणस्तर सुधारका साथै सिकाई हस्तान्तरणमा सिकाई व्यवस्थापन प्रणाली सहयोगी हुने सिवाईसिसी परियोजनाका संयोजक बद्रीनाथ शर्माले जानकारी दिए । “बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न हामीले यो प्रणाली सञ्चालनको  प्रयास थालेका हौं । प्रणाली सञ्चालनमा आए सगै एउटै शिक्षकले धेरै बिद्यालयमा अनलाईन प्रबिधीको प्रयोग गरेर अध्यापन गराउन सक्ने बातावरण बन्छ । शिक्षक, शिक्षक र बिद्यार्थी बिद्यार्थी बिच पनि सिकाई हस्तान्तरणको बातावरण बन्छ ।” संयोजक शर्माले भने । प्रणाली मार्फत जोडिन बिद्यार्थीहरुको छुट्टाछुट्टै युजरनेम र पासवर्ड सिर्जना गरिने छ । जसबाट मोबाईल वा अन्य उपकरणमा प्रबिधीको प्रयोग गरि बिद्यार्थीहरु अनलाईन कक्षामा जोडिन सक्नेछन ।  तत्कालका लागि सामाजिक र अंग्रेजी बिषयका शैक्षिक सामाग्रीमा केन्द्रित गरि प्रणाली सञ्चालनमा ल्याईने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?