© २०२३
बुटवल, १५ असार ।
बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ ।
उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो ।
बुटवल वडा नं. १५ को आयोजना र वडास्तरीय कृषि व्यवसाय प्रवद्र्धन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २० औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवमा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा अध्यक्षहरु, महाशाखाका निर्देशकहरुसहित स्थानीयको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको १२ देखि १९ सम्मका वडाहरुमा खेतीयोग्य जमीन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा अगाडि बढाइरहेको बताए ।
उनले बुटवललाई आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने गरी तयारी गरेको बताए । उनले बुटवल १४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको बताउँदै आगामी वर्षदेखि तरकारी र धान गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताइन् । उनले कृषिबाटै मुलुकको उन्नति हुने बताउँदै किसानले अझै बढी चासो दिनुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि उत्पादनलाई बढाउनका लागि नगरले अनुदान र प्रोत्साहनका कार्यक्रम अगाडि सारेको बताए ।
नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले धान दिवसको अवसरमा धान खेतीको उब्जनी बढाउनका लागि अरु धेरै लगानी गर्ने तयारी रहेको बताए । उनले वडा नं १५ मा धान दिवस मनाएर नगरकै कृषि क्षेत्रको महत्व बढेको र यसले सकारात्मक प्रभाव पर्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी