ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

विद्यार्थीहरुलाई खेल बुझाउन ‘स्कुल टु ओलम्पिक’

‘खेल्छ लुम्बिनी प्रदेश’ नारासहित सन २०३२ मा हुने ओलम्पिकलाई लक्षित कार्यक्रम लन्च
१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

बुटवल, १५ असार  विद्यालयस्तरमा खेल र खेलकुदको महत्व बुझाउदै ओलम्पियन सुत्र बुझाउने लक्ष्यसहित लुम्बिनी प्रदेशमा पहिलोपटक स्कुल टु ओलम्पिक कार्यक्रम गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम गरिएको हो । अन्तरक्रियामा पुर्वमन्त्री तथा ओलम्पिक सुरेन्द्र हमाल, बैकुण्ठ मानन्धर, राजेन्द्र भण्डारी, पार्वती थापा, सरस्वती चौधरी, सोनिया भट्टसंग विद्यार्थीहरुले अन्तरक्रियामा भाग लिए । विद्यार्थीहरुले कार्यक्रममा ओलम्पियनहरुसंग कुन खेल खेल्ने, कसरी मेहनत गर्ने, सफलता कसरी प्राप्त हुन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सिके)ले उद्घाटन गर्दै खेल र खेलाडीको विकासमा आफू निरन्तर लाग्ने प्रतिवद्घता जनाए । युवा र खेलकुद देशलाई अन्तराष्ट्रिय पहिचान दिलाउन सक्ने सम्भावना रहेको भन्दै एउटा खेललाई छनौट गरेर लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाले नगरभित्र रहेका विद्यालयबाट उमेर समुहका खेलाडी पहिचान गरि प्रशिक्षण गराउने र निरन्तरता दिने गरि वातावरण बनाएको उनले बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले नेपाली खेलकुद गतिशिल भएको दाबि गरे । कुनै बेला अभिभावक, विद्यालयबाट सहयोग नमिल्ने खेलकुदमा सबै क्षेत्र सकारात्मक रहेको बताए ।
यसैगरि प्याब्सनका केन्द्रीय उपाध्यक्ष बिष्णु पन्थीले नेपालको राष्ट्रिय खेलको हिसाबबाट हेर्दा सरकारबाट आवश्यक सोच बनाउन नसकेको दुखेसो गरे । खेलाडीहरु तनमन र धन खर्च गरे अनुसार सरकारबाट पहल नगरिएको दुखेसो गरे । विद्यालयबाट निस्केका विद्यार्थीहरुलाई संरक्षण गर्दै थप प्रशिक्षण दिन सकेमात्र देशमा खेलाडी उत्पादन हुने बताए ।
कार्यक्रममा परिषदका कोषाध्यक्ष कोशिस बहादुर खड्काले विकास, अनुसासन, गतिशीलताको नारालाई खेलाडीहरु आत्मसात गर्दै सफलता मिल्ने बताए । छिमेकी देश भारतमा खेलो ईण्डिया अभियान चलाएर ओलम्पिकमा पदक जित्ने गरि अघि बढाएको छ । लुम्बिनी प्रदेशमा पनि ‘खेल्छ लुम्बिनी प्रदेश’ नारासहित सन २०३२ मा हुने ओलम्पिकलाई लक्षित गरि कार्यक्रम लन्च गरेको बताए ।
कार्यक्रममा ओलम्पिक एशोसियन अफ नेपालका महासचिव तथा ओलम्पियन राजेन्द्र भण्डारीले ओलम्पिक एशोसियन दिपक बिष्टको नेतृत्वमा गठन गरि विद्यालयस्तरमा खेल आकर्षण बढाउने गरि कार्यक्रम चलाउने अभियान थालेको बताए । केवल सरकारतर्फमात्र दोष लगाउने प्रवृत्तिलाई अन्त्य गरि एउटा सफल ओलम्पियन बन्न मुलमन्त्र खोजी गर्ने गरि कार्यक्रम गरिएको बताए । विद्यालयस्तरमा आधारभुत खेलको ज्ञान दिनसके खेलाडी सफल बन्दै अन्तराष्ट्रिय स्तरमा लाग्न प्रेरणा मिल्ने उनले दाबी गरे ।

कार्यक्रममा पग्लिहवा माबिका ब्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङले विद्यालयस्तरमा खेलप्रतिको आकर्षण बुझ्न, जान्न र खेलप्रति जागरुक बनाउन कार्यक्रम महत्वपूर्ण भएको बताए । सरकारको ध्यान खेल र खेलाडीको जिविकोपार्जनमा जानुपर्ने उनले बताए । विद्यार्थीहरुलाई खेल बुझ्ने र सफल ओलम्पियन बन्ने सुत्र बुझाउने रुपमा कार्यक्रम भएको बताए ।
कार्यक्रममा परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले ओलम्पियनहरुको अगुवाईमा अघि बढाईएको कार्यक्रमलाई लुम्बिनी प्रदेशबाट साथ दिएको बताए । विद्यालयस्तरमा गण्डकी प्रदेशपछि लुम्बिनीबाट दोस्रो कार्यक्रम गरिएको उनले बताए । खेलाडीहरुलाई खेलको बारेमा बुझाउने, ओलम्पियनहरुको धारण बुझने, खेल छनौट गर्ने वातावरण कार्यक्रमले गर्ने उनले बताए । कार्यक्रममा रुपन्देहीका दुई दर्जन बढी सामुदायिक र नीजि विद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?