ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे
लस एन्जल्समा सामाजिक अभियन्ता–पत्रकार अन्तक्र्रिया

नेपाली समुदायको निम्ति पत्रकारिताको भूमिका महत्वपूर्ण रहेकोमा जोड

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

लस एन्जल्स ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले सोमबार क्यालिफोर्नियाको लसएन्जल्स वरपर सक्रिय सामाजिक संघ संस्थामा क्रियाशिल सामाजिक अभियन्ताहरूसँग अन्तर्किया सम्पन्न गरेको छ ।

सामाजिक अभियन्ता – पत्रकार अन्तत्र्रिmयामा सहभागी सामाजिक अभियन्ताहरूले नेपाली समुदायको निम्ति पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् । उनीहरूले कतिपय समाचार सामग्री प्रचार जस्तो मात्र देखिने गरेको उल्लेख गर्दैं त्यसले वास्तबिक पत्रकारिताको मर्मलाई मार्ने काम गरेको औल्याए ।

तथ्यमा आधारित पत्रकारिता गर्न र समुदायलाई एकताबद्ध बनाउन अझ सक्रियता पूर्वक लाग्न सामाजिक अभियन्ताहरूले जोड दिए । सहभागीहरूले नेजाले समुदाय र पत्रकारलाई जोड्ने कसीको रूपमा काम गर्नुपर्नेमा धारणा राखे ।

सो अवसरमा नेपाल सरकारका महावाणिज्यदुत रिषी ढकालले नेजा र नेजा सम्बद्ध पत्रकारहरूले समुदायका लागि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै समुदाय अनि नेपालका लागि संस्थागत ढंगबाट अझ योगदान नेजाबाट हुने बिश्वास आफूले लिएको बताए ।

सो अवसरमा श्री पशुपतिनाथ फाउण्डेशन, युएसएका अध्यक्ष तथा नेजाका आजिवन सदस्य रामेश्वर भण्डारी हामी नेपाली ग्लोबल, अन्तर्राष्ट्रिय समितिका अमृत लामा, एनआरएनए, अमेरिकाका बोर्ड अफ डाईरेक्टर ज्ञानेन्द्र गुरूङ, एनआरएनए, अमेरिका, क्क्यालिफोर्निया राज्य च्याप्टरका अध्यक्ष एकदेव शर्मा, एनआरएनए, अमेरिका, न्यूयोर्क राज्य च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डे, श्री पशुपतिनाथ फाउण्डेशन, युएसएका महासचिव सिद्धार्थ सिलवाल, तामाङ सोसाईटी, नर्थ अमेरिकाका बरिष्ठ उपाध्यक्ष टेक बाईबा लामा, नेवा अर्गनाईजेशन, लस एन्जल्सका पूर्व अध्यक्ष, विमल श्रेष्ठ, हामी नेपाली ग्लोबल, अमेरिकाका अध्यक्ष ईन्दिरा त्रिपाठी, एनआरएनए, अमेरिका, क्यालफोर्नियाका सल्लाहकार रामचन्द्र लामिछाने, एनआरएनए पूर्व आईससी सदस्य दिल श्रेष्ठ, सामाजिक अभियन्ता ईन्द्रराज पाण्डे , नेपाल अमेरिका एकता समाजका उपाध्यक्ष अर्जुन पौडेल, हामी नेपाली ग्लोबल, अमेरिकाका सचिव सूर्य सिम्खडा, समाजिक अभियन्ता लाकेश श्रेष्ठ, सुदुर पश्चिम समाज, लस एन्जल्सका हेम ठकुल्ला, सामाजिक अभियन्ता विनोद चापागाई, एफ वन समुहका संसथापक विष्णु सुवेदी,समाजिक अभियन्ताहरू माधव पाण्डे, देविका पाण्डे, रामशरण पाण्डे लगायतको उपस्थिति रहेको अन्तत्र्रिmयामा नेजामार्फत सबै संचारकर्मी माझ पुग्न सकिने गरी कार्य अघि बढाउन सहभागीहरूको सुझाव थियो ।

सो अवसरमा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीले पत्रकार र सामजिक संघ संस्था र सामाजिक अभियन्ताहरूलाई जोड्ने कार्य नेजाले गर्दैं आएको बताए । संभव भएसम्म नेपाली संघ संस्थाको सक्रियता रहेको सबै राज्य र शहरमा नेजाले अन्तत्र्रिmया गर्दै जाने उनले उल्लेख गरे ।

सो अवसरमा संघका पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक रोशन अधिकारीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै अन्तत्र्रिmयाले समुदाय र पत्रकार बीच सम्बन्ध बढाउन भूमिका खेल्नेमा जोड दिए ।

अन्तक्र्रियामा सहभागीनेजाका विधान समिति संयोजक अग्नी चौलागाई, नेजा सदस्य उपेन्द्र सापकोटा, नेजा सदस्य उत्तम धमला , नेजासदस्य शुभाष कार्की, संचारकर्मी प्रस्मिता शर्मा लगायतका पत्रकारहरूले कहिले काही समुदायले अपेक्षा बढी गर्ने तर परिस्थितिका कारण अपेक्षा अनुरूप पत्रकारले काम गर्न सकिरहेका छैनन् भनेर पनि समुदायले बुझ्नुपर्ने र सम्भव भएसम्म कार्यक्रमको विवरण उपलब्ध गराउन सक्दा त्यो उपयोगी हुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?