ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

बम विष्फोट गराउने तीनजना पक्राउ

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

बुटवल, १५ असार ।

रुपन्देहीका विभिन्न तीनवटा स्थानमा बम विष्फोटमा संलग्न भएको अभियोगमा रुपन्देही प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षिय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले बताए ।

तीनदिन अघि पक्राउ परेका व्यक्तिहरुबाट लु ८५ प ६१२१ र लु २० प २५७२ नम्बरको पल्सर मोटसाइकल १÷१ थान, पोको, रियलमी, रेडमी, ट्याम्बो र नोकिया मोबाइल १÷१ थान बरामद गरिएको एसपी बिकले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–७ ‘विष्फोटक पदार्थ सम्बन्धी कसुर’ शिर्षकमा मुद्दा दर्ता भइ रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरीका अनुसार २०८० वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडीको पर्खाल नजिकै विष्फोटक पदार्थ जस्तो देखिने पदार्थ (प्रेसर कुकर बम) भेटिएको थियो । नेपाली सेनाको विष्फोटक टोलीबाट उक्त बम डिष्पोज गरिएको थियो ।

त्यस्तै गत असार १ गते बिहान साढे २ बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरव प्रसाद कलवारको शिवम इम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) कम्पाउण्डमा पर्खाल बाहिर विस्फोटक पदार्थ (प्रेसर कुकुर बम) विष्फोट भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी गत असार १ गते बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विष्फोटक पदार्थ (प्रेसर कुकुर बम) विष्फोट भएको थियो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे र सिद्धार्थनगर नगरपालिका–४ का भैरव प्रसाद कलवारलाई मधेश पिपुल्स पार्टीको नामबाट फोनमार्फत फिरौती रकम माग गरी धम्की दिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धानपश्चात थप जानकारी गराउने बताएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश राज जोशीले घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?