ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

गैडहवा गाउँपालिकामा ५ सय ९४ भुमिहीनलाई लालपूर्जा

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

बुटवल, १५ असार । रुपन्देहीको गैडहवा गाउँपालिकामा ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का जग्गाधनीलाई जोतभोगको आधारमा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहिबार एक कार्यक्रमका बिच उनीहरुलाई पूर्जा वितरण गरिन् । सरकारले नाप जाँच गर्न छुटेका गाउँ ब्लक तथा सुकुम्बासीका जग्गा नापजाँच गरेर वर्षौदेखि जोतभोग गर्दै आएका स्थानीयहरुलाई लालपूर्जा वितरण कार्य प्राथमिकतामा राखेको उनको दाबी छ । श्रेष्ठले सामाजिक तथा आर्थिक रुपमा पिछडिएको भुमिहीन सुकुम्बासी र दलित, अव्यवस्थित वसोबास, सीमान्तकृत वर्ग र समुदायको भुमिमा अधिकार र पहुँच स्थापित गर्ने, महिलाको भुमिमा समान अधिकार स्थापित गर्न, मुक्तकमैया, मुक्तहरैया, हरुवाचरुवाको बसोबास र व्यवस्थापनको विषय भुमिको उचित प्रयोगमार्फत उत्पादन बढाउनेलगायतका विषय संविधानका व्यवस्था गरिएको उल्लेख गर्दै यसको कार्यान्वयनको दिशामा अगाडी बढेको बताईन् ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले भुमिहीन सुकुम्बासी र अव्यवस्थित वसोबासीहरुको व्यवस्थापनका लागि स्थानीय सरकारको सक्रियता सराहनीय रहेको बताए । भुमिहीनबाट सरकारले लिने राजश्व चर्को भएको भन्दै मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले पुस्तौंदेखि जमिनको भोगचलन गर्दै आएकाहरु पूर्जा नहुँदा समस्यामा परेको गुनासो आएपछि तत्काल यसका लागि आफुहरुले पहल गरेको बताए । इच्छाशक्ति भए भुमिहीन सुकुम्बासीहरुका समस्या समाधान गर्न सकिन्छ भन्दै उनले भने, “पुस्तौंदेखि बसेको घर, जोतखन गरेको जमिन सरकारकै नाममा थियो । हामीले उनीहरुको गुनासो सुनेपछि तत्काल यसको समाधान खोज्यौं ।” खेतिपाती गर्ने र बस्ने बाहेक उनीहरुले आफ्नो जायजेथा बेचेर अन्त जान वा कुनै कारोबार गर्न पाएका थिएनन् । भोगचलन गरेको ६३ वर्षपछि लालपूर्जा पाएपछि निकै खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरुले व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्न समेतबाट वञ्चित थिए ।
यस्तै गैडहवा गाउँपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा गाउँपालिकाको वडा नं ८ बाट पुनः नापजाँच सुरु भएको छ । जग्गा आवासका लागि योग्य भएको सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी तीव्र रुपमा काम गरिने गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?