ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बकर ईदमा बिदाले खुसी

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार
कपिलवस्तु, १५ असार  मुलुकभरमै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दोश्रो ठूलो चाड (ईद उल अजहा) बक्राईद  धुमधामसंग मनाएका छन । संघिय सरकारले बकरा ईदमा सार्वजनिक बिदा दिएको भन्दै कपिलवस्तुका मुस्लिम समुदायले खुसी मनाउदै ईद मनाए । ईदको अवसरमा कपिलवस्तु नगरपालिका २ स्थित ईदगाह र नगरपालिका वडा नम्बर ३ स्थित इमाम अहमद बिन हम्मल मस्जिदमा सामुहिक नवाज पढि बकरा ईद मनाईएको हो । सो अवसरमा कपिलवस्तु नगरपालिका २ मा रहेको तौलिहवा ईदगाहमा जामा मस्जिद तौलिहवाका मौलाना अली हसन नजामीले धार्मीक बिधी अनुरुप नवाज पढाएका थिए । त्यसै गरि कपिलवस्तु नगरपालिका ३ मा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा ५ सय बढि महिलाले सामुहिक नवाज पढेका छन ।
महिलाहरुलाई पर्दा लगाएर छुटटै नवाज पढने व्यवस्था गरिएकोले महिलाहरु बालबालिका सहित नवाज पढन मस्जिदमा पुगेका थिए । यसै अवसरमा मुस्लिम समुदायले जिल्लाको तौलिहवा, चन्द्रौटा, अभिराव, कृष्णनगर लगायतका स्थानमा रहेका ईदगाहमा गई नवाज पढेका छन । मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा खसी, भेडाको बलि दिएर सो पर्व मनाउछन । खसि, रागा लगायतका पशुहरुको कुर्वानी ( बली ) दिई आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर यो चाड मनाइने गरिन्छ ।
अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बक्राईद मुस्लिम समुदायले आज देखि तीन दिनसम्म मनाउने गर्दछन । बकरा ईदको अवसरमा केन्द्र सरकारले सार्वजनिक बिदा दिएकोमा खुसी लागेको जामा मस्जिद तौलिहवाका अध्यक्ष अधिवक्ता रउफ अहमद खाँले बताए । आफुहरुले देश र देशबासीमा सुख, शान्ति र उन्नतीको कामना गर्दे बकरा ईद मनाउन थालेको जामा मस्जिद तौलिहवाका धर्मगुरु मौलाना अली हसन नजामीले  बताए । कपिलवस्तु नगरपालिका २ स्थित ईदगाहमा नवाज पढन आएका मुस्लिम धर्माबलम्बी लाई पुर्व मन्त्री बृजेश कुमार गुप्ता, पुर्व प्रदेश शिक्षामन्त्री धर्म बहादुर लाल श्रीवास्तव, लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, वडा नम्बर १ का अध्यक्ष जाहिद खाँ, वडा नम्बर २ का अध्यक्ष अशोक कुमार गुप्ता, शैक्षिक व्यक्तित्व गुणाखर गैह्रे लगायतले नवाजस्थलमै पुगेर शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?