© २०२३
बुटवल, १४ असार २५ औ स्थापना दिवसको अवसरमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले बिहिबार सरसफाई कार्यक्रम गरेको छ । नेपालले तत्कालिन युद्धमा अग्रेज फौजलाई हराउन सफल सामरिक, ऐतिहासिक महत्व बोकेको जितगढीमा सरसफाई गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतबाट सफाई सुभारम्भ गरिएको थियो । उनले उक्त अवसरमा सामरिक महत्व बोकेको जितगढीको संरक्षणमा पछिल्लोसमय महत्वपूर्ण कामहरु भएको दाबी गरे । धेरै पुरानो संरचना नदीले बगाउने र केही जमिनमा लुकेको उनले बताए । तत्कालिन गोर्खाली फौजहरुले प्रयोग गरेको बाटाको खोजी गर्ने र पर्यटकहरुलाई आर्कषण गराउन सकिने सम्भावनातर्फ ध्यान जानुपर्ने उनको तर्क छ । आफु जनप्रतिनिधि भएको बेला बिसं २०५४ सालमा अतिक्रमण गरेका २८ वटा घर ब्यवस्थापन गरेको समेत बताए ।
संघका अध्यक्ष लेखनाथ भण्डारीले सेवा उद्योगका रुपमा रहेको होटल र पर्यटनलाई जोडेर लैजानुपर्ने बताए । पर्यटकिय क्षेत्रको संरक्षण हुनसके पर्यटक भित्रने र यसबाट आफुहरुको उद्योग चलायमान हुने उनको तर्क छ । स्थापना दिवसको अवसरमा रक्तदानदेखी सरसफाई लगायत सचेतनाका कार्यक्रम गरिएको उनले बताए । जितगढी क्षेत्रमा बादरहरुले फोहोर गर्ने, भाचिएका हागा र भुईमा बढेका झारलाई सफा गरिएको उनले बताए । कार्यक्रममा संघा पुर्वअध्यक्ष समुन्द्र जिसी सहित पदाधिकारी, सदस्यहरुले श्रमदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरि ८० युनिट रगत संकलन गरेको संघका कासस तथा रक्तदान कार्यक्रमका संयोजक बाबुराम अर्यालले बताए । स्थापना दिवसको मुल कार्यक्रम शुक्रबार एशियन पार्टी प्यालेसमा अशक्त र दिर्घरोगी व्यवसायीलाई सम्मान कार्यक्रम गरिने उनले बताए । यसैगरि सोही दिन साउन १५ गते दहि चिउरा खाने कार्यक्रम समेत राखिएको उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी