© २०२३
बुटवल, १४ असार रोट्याक्ट क्लब अफ सेन्टर बुटवलको आठौ पदस्थापन तथा चार्टर नाईट बुधबार सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/२०२३ का अध्यक्ष आशिष पाठकले वर्ष २०२३/२०२४ का अध्यक्ष ज्ञान प्रसाद बश्याललाई पद हस्तान्तरण गरेका छन । यसैगरि रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका वर्ष २०२२/२३ का डिआरआर लक्ष्मण खरेलले वर्ष २०२३/२०२४ का अध्यक्ष ज्ञान प्रसाद बश्याललाई गोपनियताको शपथ खुवाए ।
कार्यक्रममा वर्ष २०२३/२०२४ का अध्यक्ष ज्ञान प्रसाद बश्यालले क्लबको विभिन्न पदमा रहेर योगदान दिदै नेतृत्वको भुमिकामा पुगेको बताए । आफ्नो कार्यकालमा क्लबलाई खुशी क्लबका रुपमा परिचित बनाउने लक्ष्य अनुसार कार्ययोजना बनाएको उनले बताए । सबै रोट्याक्टरहरु मिलेर अघि बढ्न जरुरी रहेको उनले बताए ।
कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले कार्यक्रमको उद्घाटन गर्दै नीजि स्वार्थभन्दा माथि उठेर सामाजिक कार्यमा युवाहरुको अगुवाई महत्त्वपूर्ण रहेको बताए । विकासको पाटोमा बुटवल र तिलोत्तमा नगरलाई जोडेर एकीकृत योजना बनाएर लैजानुपर्ने सुझाव उनले दिए । समाजलाई गतिशिल बनाउदै विकासमा जोड्न यहाँ रहेका क्लबहरुको भुमिकालाई भुल्न नहुने उनले बताए । छोटोसमयमा तिलोत्तमा नगरपालिका तिव्र गतिबाट विकासमा अघि बढेको दाबी गर्दै राजनितिभन्दा माथि उठेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा रोटरी क्लब अफ सेन्टर बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले स्वस्थ्यप्रति गम्भीर हुनुपर्ने सुझाव दिए । मेजर डोनरका रुपमा पहिचान बनाउने गरि क्लब अघि बढ्ने दाबी गरे। विश्वमा नै फरक पहिचान बनाउन सफल भएको दाबी गर्दै आगामी दिनमा पनि थप रचनात्मक कार्य अघि बढाउन सुझाव दिए ।
कार्यक्रममा वर्ष २०२२/२०२३ का अध्यक्ष आशिष पाठकले आफ्नो कार्यकालमा रोटरीको मर्म अनुसार शिक्षा, स्वस्थ्य, सरसफाईमा समुदायस्तरमा सामाजिक कार्य गरेको बताए । साथै जलबायु परिवर्तन र यसको प्रभावबारे सचेतना जगाउने कार्यहरु समेत गरेको उनले बताए । वर्षभरि विभिन्न कार्यक्रमको संयोजकको भुमिकामा सहयोग गर्ने क्लबका सदस्यहरुलाई सम्मान गरिएको छ ।
रोटरी क्लब अफ सेन्टर बुटवलका संस्थापक अध्यक्ष एजाज आलम, रोटरी क्लब अफ सेन्टर बुटवलका मेजर डोनर हिमाल गैरे, रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका वर्ष २०२२/२३ का डिआरआर लक्ष्मण खरेल, वर्ष २०२३/२०२४ का जोन १९ को जेडआरआर निराजन अर्याल, क्लबका चार्टर अध्यक्ष सुमन बश्याल, वर्ष २०२२/२०२३ सचिव मुस्कान मित्तल, वर्ष २०२३/२०२४ का सचिव चन्द्र केसीले शुभकामना दिएका थिए ।