© २०२३
बुटवल, १४ असार । ‘हजुरको प्रगतीको सहयात्री’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जमा ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ । धम्बोझीमा —२ स्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ भवन निमार्ण गरिएको हो । विभिन्न समस्याहरुलाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरुको आवाजलाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ । जेष्ठ नागरिक क्लबले उनीहरुलाई आफ्ना समस्याहरु समाधान गर्न, सदस्यहरुद्वारा पारस्परिक रुपमा लाभ उठाउन र पुनः निर्माण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ । एक समारोहका बिच बैंकले रु एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष श्री अजित कुमार शर्मालाई हस्तान्तरण गरेको छ । ज्येष्ठ नागरिक क्लबमा १ सय ६५ जना सदस्यहरु रहेका संस्थाका अध्यक्ष अजितकुमार शर्माले जानकारी दिए ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धारापानी शाखा सहित देशैभरी फैलिएका आफ्ना १ सय ८४ वटा शाखा, १ सय ४१ वटा ए.टि.एम. ३ बिस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।