© २०२३
देवदह, १४ असार । देवदह नगरपालिकाका विद्यार्थीहरुलाई लक्षित गरि स्काउट आधारभुत तालिम सुरु भएको छ । स्थानिय स्काउट कार्यालय देवदहको आयोजनामा तालिमको एक कार्यक्रमका विच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले बालबालिकाहरुलाई समुहमा रहेर क्षमता बिकासमा स्काउट तालिमबाट मद्यत मिल्ने बताए । उनले देवदहमा स्काउटलाई व्यवस्थित गरेर हरेक गतिविधिमा अगाडि बढाउने बताउदै देवदहका सबै विद्यालयमा स्काउट पुग्ने गरी कार्य गर्न समेत जोड दिए । उनले स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताए ।
कार्यक्रममा नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङले स्काउटले मानिसलाई अनुशासित, नेतृत्व विकास र क्षमता अभिवृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने बताईन । तालिममा सिकेका कुरा व्यवहारमा प्रयोग गर्दै विद्यालयमा स्काउट चलाउन सहभागी शिक्षकशिक्षिकाहरुलाई आग्रह गरिन् ।
तालिममा नेपाल स्काउट प्रदेश अधिकृत तारा पुरी, श्री महामाया भवानि मा.बिका ऋषिश्वर अर्याल, केरवानी मा.विका निर्मल ढुङ्गाना, देवदह रेडक्रसका सभापति कृष्ण न्यौपाने, स्काउट मास्टर सुरज भट्टराई, स्काउट मास्टर रबि रेग्मी, युवराज पन्थि लगाएतको उपस्थिति रहेको थियो । ६ दिनसम्म संचालन हुने उक्त तालिममा कोर्ष लिडरका रुपमा कोर्ष लिडर दावा थापा र काउन्सिलरहरु छबिलाल कडेल, बिक्की डुम्रे, पुकार ढकाल रहेका छन् । कार्यक्रम स्थानीय स्काउट देवदह नगरपालिकाको संयोजक विकास गहतराज, नगर समिति सदस्य हरिकला बस्याल, स्काउट मास्टर यज्ञप्रसाद न्यौपाने लगायतले शुभकामना दिएका थिए ।