ट्रेंडिंग:

>> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

तौलिहवामा शैक्षिक प्रदर्शनी

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

कपिलवस्तु, १३ असार   बिद्यार्थीको सिर्जनशिलता पहिचान तथा नविनतम ज्ञान उजागर गर्ने उद्धेश्यका साथ कपिलवस्तुको तौलिहवामा नगरस्तरीय शैक्षिक प्रदर्शनीको आयोजना गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा कपिलवस्तु सुचना केन्द्रले प्रदर्शनीको आयोजना गरेको हो । बुद्धपदम माबिमा आयोजित शैक्षिक प्रदर्शनीमा नगरका ४ संस्थागत र १० सामुदायिक गरि १४ वटा माध्यमिक बिद्यालयका बिद्यार्थीले निर्माण गरेको शैक्षिक सामाग्री प्रदर्शन गरिएको छ । शैक्षिक प्रदर्शनीमा सनसाईन ईग्लिस बोर्डिङ्ग स्कुल तौलिहवा प्रथम, तिलौराकोट माबि गोबरी दोस्रो, सिद्धार्थ बिद्या मन्दिर तौलिहवा तेस्रो र शान्ति निकेतन ईगलिस बोर्डिङ्ग स्कुल तौलिहवाले सान्त्वना स्थान प्राप्त गरेका छन ।
बिभिन्न बिद्यालयका बिद्यार्थीले खेर गएका सामाग्रीको प्रयोग गरेर ईलेक्ट्रिक बिल्डिङ्ग, ईलेक्ट्रिक जिप, भाईब्रेसन सेन्सर, भ्याकुम क्लिनर, स्ट्रिट लाईट, सौर्यमण्डल, न्युक्लियर पावर प्लान्ट, ब्लुटुथबाट चार्ज हुने पावर ट्रन्समिटर, जेसिबी सहितका सामाग्री बनाएर प्रदर्शन गरेका छन । सैदान्तिक ज्ञानलाई प्रयोग गरेर तिन चार दिनको मेहनतमा बिद्यार्थीले ईलेक्ट्रोनिक अटो मिसन प्रोजेक्टको शैक्षिक सामाग्री निर्माण गरेको बुद्धपदम माबिका इन्सटक्टर रहेका ईलेक्ट्रोनिक ईन्जिनियर रमेश अधिकारीले बताए । नेपाल सरकारले सिफारिस गरेको पाठ्यक्रम अनुसार बिद्यार्थीले शैक्षिक सामाग्री निर्माण गरेको तिलौराकोट माबिका प्रधानाध्यापक संजय कुमार वर्माले बताए । आफ्नो बिद्यालयका बिद्यार्थीले बनाएको पावर ट्रन्समिटर प्रदर्शन गर्दै उनले ब्लुटुथ बाट करेन्ट प्रवाह हुने जानकारी दिए । कपिलवस्तु नगरपालिकाले प्रदर्शनी आयोजना गरेर बिद्यार्थीको क्षमता प्रदर्शनलाई सहयोग पुर्याएको बताउदै बर्षमा ३÷४ पटक शैक्षिक प्रदर्शनीको आयोजना गर्न प्रधानाध्यपक वर्माले सुझाव दिए । बिद्यार्थीको सिर्जनशिलतामा निखार ल्याउन प्रदर्शनी सहयोगी हुने शान्ति निकेतन ईग्लिस बोर्डिङ्ग स्कुलका प्राचार्य चर्तुभुज शर्माको बुझाई छ ।
बिद्यार्थीका नविनतम प्रतिभा उजागर गराउन र उनीहरुलाई सिर्जनशिल बनाउन शैक्षिक प्रदर्शनी आयोजना गरिएको आयोजक संस्था कपिलवस्तु सुचना केन्द्रका प्रतिनिधी प्रकाश घिमिरेले बताए । बिद्यार्थीको प्रतिभा पहिचानको उदेश्यले नगरका माध्यमिक तहका सामुदायिक र संस्थागत बिद्यालयलाई सरिक गराई शैक्षिक प्रदर्शनी गरिएको कपिलवस्तु नगरपालिकाका शिक्षा ईकाई प्रमुख उपसचिव हरि प्रसाद ज्ञवालीले जानकारी दिए । यसै बिच कपिलवस्तु नगरपालिकाको बार्षिक स्विकृत कार्यक्रम अन्र्तगत बिद्यार्थीको प्रतिभा पहिचान गर्न नगरभरीका आधारभुत बिद्यालय तहको चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा माध्यमिक बिद्यालय कुश्मा प्रथम, सनराईज एकेडेमी तौलिहवा दोस्रो र राष्ट्रिय माबि बिकुली तेस्रो भएको नगरपालिकाका शिक्षा अधिकृत युवराज भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?