© २०२३
बुटवल, १३ असार । बुटवल उपमहानगरपालिकाको आयोजनामा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला भएको छ । महाराजा रिर्सोट कालिकानगरमा भएको मेलको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । उनले बुटवल उपमहानगरपालिकाले रोजगार प्रदायक संघसंस्थाका विचमा संमन्वय गरी रोजगार प्रदान गर्दै जाने बताए । कार्यक्रममा मेला संयोजक तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले मेलामा ३० वटा विभिन्न रोजगारप्रदायक संस्थाहरुको स्टलहरु रहेको बताए । नेपाल सरकार तथा स्वीजरल्याण्ड सरकारको द्धिपक्षिय परियोजना दिगो तथा सम्मानित रोजगारीको लागि सिप–दोस्रो चरणको सहयोगमा एक दिने मेला आयोजना भएको थियो ।
रोजगार मेलामा रोजगार सम्बन्धी परासर्म तथा सूचना दिने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी तथा तालिम बारेमा सूचना दिने, रोजगारदाताहरुसंग प्रत्यक्ष सम्पर्क गराई रोजगारीको अवसर सृजना हुने गरी मेला आयोजना गरिएको हो । नेपालमा अहिले पनि टायल, मार्वल, फनिर्चर, प्रेशकुकर लगायतका विभिन्न उद्योगमा भारतीय कामदारहरुको बाक्लो उपस्थिति रहेको भन्दै यी र यस्ता उद्योग प्रतिष्ठानहरुमा नेपाली कामदारहरु नै रोजगारी हुन भन्ने हेतुको साथमा मेला आयोजना गरिएको जनाइएको छ ।