© २०२३
बुटवल, १३ असार रुपन्देहीको सैनामैना नगरपालिका १० पानबारीकी गिता थापा असारको १ गते बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी हुनका लागि आईन । बिहान आँठ बजे आफनी भाउजुसँग दोस्रो सन्तानलाई जन्म दिनका लागि आएकी थिएन ।
१४ वर्ष पछि दोस्रो सन्तान जन्माउदाको खुशी थापा दम्पतीमा कम थिएन । पहिले जस्तै सुत्केरी हुने र दोस्रो सन्तानलाई खेलाउने थापा दम्पतीको चाहना असार १ गते दिउँसो चकनाचुर भयो ।
सामान्य रुपमा तीन महिनादेखि नै लुम्बिनी प्रादेशिक अस्पतालमा चेकजाच गराईरहेकी थापाले आफुले स्वस्थ सन्तान जन्माउनेमा कुनै शंका नरहेको बताईन । खानपान र स्वास्थ्यका हिसावले आफु र आप्mनो पेटमा रहेको बच्चाको अवस्थाका बारेमा जानकार रहेकी थापा जब आफुलाई असार १ गते विहान नौ बजे गरेको भिडियो एक्सरेमा समेत बच्चा स्वास्थ्थ रहेको जानकारी पाएको बताईन । उनले त्यस दिन अस्पतालका डाक्टरले आफु भनेको समयमा अपरेसन गरेको भए सन्तान गुमाउन नपर्ने बताईन । उनले दिउसो एक बजे देखि नै आफुलाई असाध्यै गाह्रो भएको रगत, पानी पनि धेरै बगेको बताउला समेत वास्ता नर्गनाले सन्तान गुमाउन परेको आरोप लगाएकी छन् ।
३५ वर्षीय थापाका श्रीमान गणेश थापा रोजगारीको शिलशिलामा रोमनिया रहेको र घटना थाहा पाउना साथ फर्केर यसको कारण खोजी गरिरहेको बताए । बुटवल टुडे दैनिकको कार्यालयमा आएका थापाले सबै चेकअप नर्मल हुनु र अन्तिम समयमा असोचनिय घटना कसरी भयो ? प्रश्न गर्छन् । आफ्नो प्रश्न अस्पताल प्रशासनसँग रहेको उनले बताए । आफु आएदेखि नै अस्पतालमा आएको र यसको कारण सोधे पनि जवाफ नपाएको थापाको गुनासो छ ।
उनी भन्छिन्, डाक्टरका लागि एउटा शिशु मात्र मरेको हो तर हाम्रो लागि खुशी खोसिएको छ । नयाँ सन्तानको अनुहार देख्ने बेलामा लापरवाही भन्ने हाम्रो आशंका हो उनले भने । मेरो बच्चाले ज्यान गुमाए पनि अरुलाई यस्तो नपरोस भनेर मैले जवरजस्ती कारण खोजिरहेको छु । थाहा छैन पाउछु या पाउदिन थापा दपत्ती भन्छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ कन्सलटेन्ट पिडाट्रिसियन तथा सुचना अधिकारी डा. नेत्र बहादुर रानाले आफु प्रदेश बाहिर रहेकाले यो विषयमा जानकारी नरहेको बताए । उनले शिशुको मृत्यु हुनु दुखद रहेको भन्दै यसबारेका आफु शुक्रबार फकेपछि मात्रै जानकारी दिन सक्ने बताए । लुम्बिनी प्रादेशिक अस्पतालका डा. विष्णु गौतमले बच्चामा मृत्यु हुनु दुखद भएको भन्दै तर अस्पताल र चिकित्सकको कारणले शिशुको मृत्यु नभएको दाबी गरे । उनले आमाको स्वास्थ्य अवस्था र पेटको बच्चामा अक्सिजनको मात्राको कमीले शिशुको मृत्युको एउटा कारण हुन सक्ने उनको भनाइ छ । यो विषयमा सुत्केरीका श्रीमानलाई समेत आफुहरुले जानकारी दिएको बताए ।