© २०२३
बुटवल १३ असार ब्यवस्थापन विषय अध्यापन गराउदै आएको रुपन्देहीको सिद्धार्थ इन्टरनेशनल कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । बुटवल–९ मा रहेको चौराहास्थित कलेजमा अध्ययनरत ५ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा सहित पोखरा विश्वविद्यालय टप गरेका छन् । गत चैत्र महिनामा सञ्चालन भएको व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको परिक्षामा सहभागी भएका विद्यार्थी मध्ये ५ जनाले सर्वोत्कृष्ट नतिजा सहित पोखरा विश्वविद्यालय टप गरेको कलेजका प्राचार्य दीपक भण्डारीले बताए । अन्य विद्यार्थीहरुको समग्र नतिजा पनि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यस क्षेत्रकै उत्कृष्ट रहेको उनले बताए ।
विश्वविद्यालय टप गर्न सफल भएका विद्यार्थीहरुमा प्रतिभा पाण्डे, शान्ति डुम्रे, निकिता पाठक, विनिता भट्टराई र करुणा चौधरी रहेका छन् । सन् २००९ मा स्थापना भएको यस कलेजमा हाल व्यवस्थापन संकाय अन्तर्गत बिबिए र बिबिए बैंकिङ्ग एण्ड इन्सुरेन्सङ अध्यापन हुँदै आएको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरु बैंक तथा वित्तिय संघ संस्थाहरुमा आफ्नो छुट्टै पहिचान बनाई माथिल्लो तहमा काम गरीरहेका छन् भने केहिले उद्यमशीलताको क्षेत्रमा विशिष्ट योगदान दिइरहेका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा हाल ३ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।